Tag Archives: mainnews

कोरोना संक्रमणबाट चितवनमा थप एक महिलाको मृत्यु

चितवन । चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर-१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड-१९ …

पुरा पढ्नुहॊस »

आज ऋषिपञ्‍चमी, सप्तऋषिको पूजाआजा गरी मनाइँदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय …

पुरा पढ्नुहॊस »

कस्तो रहला आजको मौसम ? यस्तो छ सातै प्रदेशको पूर्वानुमान

काठमाडौं । भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा सामान्य बदली भई प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको हो । आज दिउँसो गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा २१६ सहित थप ६३४ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १८२ महिला र ४५२ पुरुषसहित ६३४ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार ६२१ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १३६ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १८ हजार ३५० जना विभिन्न …

पुरा पढ्नुहॊस »

कोरोना महामारी २ वर्षभन्दा कम समयमै नियन्त्रण हुनसक्छ : डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने आशा व्यक्त गरेको छ । डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियसले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी चाँडो नियन्त्रणमा आउने दाबी गरेका हुन् । उनका अनुसार भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको हो । तर अत्याधुनिक प्रविधिका कारण यो स्पेनिस फ्लुभन्दा …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर १ करोड ५६ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । विश्वभर कुल कोरोना संक्रमितमध्ये प्रति एक सयमा ६७ जना अर्थात ६७ प्रतिशत संक्रमणमुक्त भएको पाइएको छ । कोरोना भाइरस सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको साइट वर्ल्डोमिटर्सका अनुसार विश्वभर बिहानसम्म २ करोड ३१ लाख ५ हजार ७८ जना संक्रमित भएका छन् । कुल संक्रमितमध्ये १ करोड ५७ लाख ८५२ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये १ लाख ८३ हजार ९२७ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । यस्तै …

पुरा पढ्नुहॊस »

कुुन प्रदेशको मौसम कस्तो रहला ? यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । हाल भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको छ । यस्तो अवस्थामा देशभरको मौसम आंशिक देखि सामान्य बदलीको अवस्थामा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान :- भाद्र ०६ गते (शनिबार) दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती : देशभर …

पुरा पढ्नुहॊस »

थप ८३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० हजार ४ सय नाघ्यो

काठमाडौं । आज  थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ८३८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० हजार ४ सय ८३  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय ३७ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये१८ हजार २ सय १४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

पाटन अस्पतालमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दोलखा ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ललितपुरले दिएको जानकारीअनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी महिला र साउन ३० गते भर्ना भएका सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

कोरोना नियन्त्रणमा थप रणनीति बनाउन बन्यो उच्‍चस्तरीय समिति

काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गरेका हुन् । मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्वमा राष्ट्रिय स्वस्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको हो …

पुरा पढ्नुहॊस »