कोरोना महामारी : विश्वभर संक्रमितको संख्या २ करोड २२ लाख नाघ्यो

१ करोड ४२ लाख ५० हजार २ सयभन्दा बडी निको भए, ७ लाख ८४ हजारको मृत्यु
काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २२ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिलो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड २२ लाख ६२ हजार ९ सय ४६ पुगेको हो ।

हालसम्म ७ लाख ८४ हजार १ सय ७ जनाको मृत्यु भइसकेको छ भने १ करोड ४२ लाख ५० हजार २ सय २ जना निको भइसकेका छन् । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५५ लाख २४ हजार ३ सय ९८ पुगेको छ भने १ लाख ७२ हजार ९ सय ६५ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, ब्राजिलमा ३४ लाख ७ हजार ३ सय ५४ संक्रमित र १ लाख ९ हजार ८ सय ८८ मृत्यु, भारतमा २७ लाख ६७ हजार २ सय ७३ संक्रमित र ५२ हजार ८ सय ८९ मृत्यु, रुसमा ९ लाख ३५ हजार ६६ संक्रमित र १५ हजार ९ सय ५१ मृत्यु जनाको मृत्यु भएको छ ।

यसैबीच, नेपालमा कोरोनाका कारण हालसम्म १२० जनाको मृत्यु भइससकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस