उपत्यकाका जिल्लामा हरेक बैंकको एउटा शाखा मात्र खुल्ने

काठमाडौं । निषेधाज्ञाको अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा एउटा बैंकको एक शाखा मात्र खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाको पालना गर्नकै लागि बैंकर्स संघले आजदेखि एक जिल्लामा हरेक बैंकको एउटा शाखा मात्र खोल्ने निर्णय गरेको हो ।

बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार उपत्यकाका तीन जिल्लामा दैनिक हरेक बैंकका एकएक शाखा मात्र खुल्ने भएका हुन् । बैंकहरूले आलोपालोका आधारमा कुन शाखा खोल्ने भन्ने निर्णय गर्ने उनले बताए । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएपछि आंशिक शाखा सञ्चालन गर्ने योजना अघिसारेका बैंकले बिहीबार प्रहरी अवरोधपछि अघिकांश शाखा बन्द गरेका थिए ।

यसैबीच बैंकका कर्मचारीलाई कार्यालय आवतजावतमा नरोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । कर्मचारीको आवतजावतमा अवरोध गर्दा बिहीबार उपत्यकाका सबै बैंक बन्द भएपछि गृह मन्त्रालयले उक्त निर्देशन दिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस