फाइल फोटो

आजको मौसम : कहाँ-कहाँ छ वर्षा र बाढीको जोखिम ?

काठमाडौं । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू भागका केही स्थानहरुमा वर्षा भइरहेको छ । मनसुनी न्युनचापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेकाले वर्षा भइरहेको हो ।

साथै भारतको मध्य प्रदेशमा बनेको न्युनचापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ । आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

भाद्र ०४ गते (बिहीबार)
दिउँसो : देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र ०५ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०६ गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा र बाँकी प्रदेशको केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस