फाइल फाेटाे

गृहमन्त्रीलाई गगनको प्रश्‍न- के अंग्रेजी नजान्‍नेहरु नागरिक होइनन् ?

काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जाने नागरिकले अंग्रेजी भाषा अनिवार्य जानेको हुनुपर्ने नियम ल्याएकोमा कांग्रेस नेता गगनकुमार थापाले रोष प्रकट गरेका छन् ।

सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएपछि कांग्रेस सांसदसमेत रहेका थापाले यसबारे गृहमन्त्री रामबहादुर थापा बादललाई प्रश्‍न गरेका हुन् । नेता थापाले भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्‍नलाई कारवाही गर्नुपर्नेमा अन्य नागरिकसँग शैक्षिक प्रमाणपत्र र अंग्रेजीको दक्षता खोजिनु बिल्कुलै गलत कदम भएको बताएका छन् ।

‘भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्‍नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्‍नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको ?’, उनले सोधेका छन्, ‘अंग्रेजी नजान्‍ने नागरिक नै होइन? नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि ? गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ हो ?’

भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करहरुले युवालाई अवैधरुपमा विदेश पठाइरहेपछि सरकारले कडाइ गर्न थालेको हो । त्यसकै लागि सरकारले शैक्षिक योग्यता र अंग्रेजीको दक्षतासम्बन्धी प्रावधान राख्‍न लागेको थियो । सरकारले वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीसँगै श्रम र अध्यागमन विभागका कर्मचारीको मिलेमतोमा भिजिट भिसाकै प्रयोग गरेर मानव तस्करी भइरहेको ठहर गरेर यस्तो कदम चाल्न लागेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वसन्त ऋतुकै पहिलो आरोहण सफल, १० शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

काठमाडौं । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको …

प्रतिकृया दिनुहॊस