चितवन । इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको थियो । सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका-१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार उनीहरुको शव …
पुरा पढ्नुहॊस »भारतीय विदेश सचिव नेपाल आउँदै, नेपाल-भारत सम्बन्ध हार्दिकतातर्फ फर्कने अपेक्षा
काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्दन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउँदैछन् । परराष्ट्र सचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । यो विगतका उच्चस्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको पहिलो दिन दुई सचिवबीच द्विपक्षीय वार्ता हुनुका साथै सहयोगका विविध क्षेत्रबारे छलफल हुने जनाइएको छ । नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि दुई देशको उच्च कूटनीतिक तहमा उनको आगमनपछि औपचारिक …
पुरा पढ्नुहॊस »आज तुलसीलाई विवाह गरिने हरिबोधिनी एकादशी, यस्तो छ शास्त्रीय मान्यता
काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहीबार एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दैछन् । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले …
पुरा पढ्नुहॊस »आजको मौसमः तराईमा हुस्सु, हिमालमा हिमपात
काठमाडौं । आज देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशभरी कै पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली हुनेछ । यस्तै अरु क्षेत्रको मौसम पनि खुल्दै बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै तथा प्रदेश १ को एक दुई ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तो छ तीन दिनको …
पुरा पढ्नुहॊस »हरिबोधनी एकादशी बुधबार र बिहीबार
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भएर कर्म गर्नेले बुधबार र वेदमा आधारित भएर कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताउँछन् । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि …
पुरा पढ्नुहॊस »६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका ‘साह’को घरमा आगजनी
काठमाडौं । महोत्तरीको बर्दिवासकी ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका अरुण कुमार साहको घरमा आगजनी गरिएको छ । हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले आगजनी गरेका हुन् । आगो निभाउन दमकल आए पनि स्थानीयले बाटो अवरुद्ध गरेका छन् । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए …
पुरा पढ्नुहॊस »के काम गर्छन् त बैंकमा डेपुटी सिईओले ?
काठमाडौं ।सिईओ र विभिन्न विभागका वीचमा समन्वय गरिदिने काम डेपुटी सिईओको हो । नीति बनाउने काममा पनि डेपुटीकै हात हुन्छ । सिईओको प्रमुख काम बैंकको सम्पूर्ण कार्यलाई मनिटरिङ गर्ने हुन्छ । तथापि पूरा बैंकको गतिविधिलाई सम्हाल्न सिईओ एक्लैले सक्ने कुरो भएन । विभागीय कार्यलाई विभागीय प्रमुखहरुका वीचमा समन्वय गरेर सिईओको टार्गेट पूरा गर्नका लागि डेपुटीको आवश्यकता पर्ने हो । अधिकारप्राप्त क्षेत्रलाई ब्यवसायिकरुपमा अगाडि बढाउने काममा पनि यो पदको भूमिका हुन्छ …
पुरा पढ्नुहॊस »विश्वमा ४ करोड बढीले जिते कोरोना, कति पुगे संक्रमित र मृतक ?
काठमाडौँ । विश्वभर कोरोना भाइरसको संक्रमण जित्नेको संख्या ४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ६०५ जना संक्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको संख्या ४ करोड ८० हजार पुगेको हो । निको हुनेको यो संख्या कुल संक्रमितका आधारमा ६९ प्रतिशत हो । विश्व स्वाथ्य संगठनको तथ्याङ्क अनुसार हालसम्म कूल कोरोना संक्रमितको संख्या ५ करोड ६६ लाख २३ हजार ६४३ पुगेको छ । पछिल्लो २४ …
पुरा पढ्नुहॊस »के छठपछि उपत्यकामा कडा लकडाउन हुँदैछ ?
काठमाडौं । पछिल्लो केहि सातायता काठमाडौं उपत्यका कोभिड-१९ को केन्द्रविन्दु बनेको छ । नेपालभर थपिने संक्रमितको संख्यामा झन्डै आधा संख्या काठमाडौं उपत्यकाकै रहने गरेको छ । के कोरोनाले ठूलो महामारीको रुप उपत्यकामा लिने त होइन ? यो सबैको चिन्ताको विषय बनेको छ । यहीबीच अघिल्लो सातामात्र कोभिड-१९ संकट व्यवस्थापन (सिसिएमसी)को निर्देशक समितिसँग काठमाडौं उपत्यका नगरपालिका फोरमले विशेष छलफल गर्यो । सिसिएमसी निर्देशक समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितको छलफलमा उपत्यकाका सबै …
पुरा पढ्नुहॊस »उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व
जनकपुरधाम । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष …
पुरा पढ्नुहॊस »