Tag Archives: mainnews

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

काठमाडौं । कोरोनाभाइरसबाट विश्वभर १० लाखभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा कम्तीमा तीन हजार ८५२ जनाले ज्यान गुमाएपछि विश्वभर मृतकको संख्या १० लाख नाघेको हो । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १० लाख २ हजार ३८३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ३ करोड …

पुरा पढ्नुहॊस »

झरीपछि खुल्दै आकाश, आज कुन प्रदेशको मौसम कस्तो ?

काठमाडौं । करिब एक साता लामो झरीपछि मौसम खुल्न थालेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ । आज पनि बिहानैदेखि मौसम सफा देखिएको छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना छ । यस्तो छ तीन दिनको पूर्वानुमान :- असोज १२ …

पुरा पढ्नुहॊस »

उपत्यकामा थप ८०९ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार  उपत्यकामा थप ८ सय ९  जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ६३३ , ललितपुरमा १०४  ,भक्तपुरमा ७२ जना  गरि कुल ८ सय ९   जनामा कोरोना पुष्टि भएको हो। नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७३ हजार ३ सय ९४  जना पुगेको छ भने   मृत्यु हुनेको संख्या ४७७ जना  पुगेको छ । यसै गरि  संक्रमित मध्ये ५३  हजार ८ सय ९८  जना उपचारपछि निको भएका छन्। …

पुरा पढ्नुहॊस »

आज आइतबार थप १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज  आइतबार  थप १ हजार ५ सय ७३   जनामा कोरोना पुष्टि भए​को छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३  जना भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४  पुगेको छ ।संक्रमित मध्ये ५३  हजार ८ सय ९८  जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७७  पुगेको छ।  

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशमा थपिए ७१ जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज आइतबार थप ७१ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका विभिन्न जिल्लामा ७१  जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार, कास्कीका २१  जना, लमजुङ १६  जना,बाग्लुङका ३१ जना र नवलपरासी  ब .सु.पू. ३ जना गरी जम्मा ७१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७४४पुगेको छ ।

पुरा पढ्नुहॊस »

पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत १  जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत  भक्तपुर निवासी ५४ वर्षीया महिलाको मृत्यु भएको हो ।  पाटन अस्पतालमा उपचाररत उनको आइतबार   मृत्यु भएको हो । मृतक महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् ।

पुरा पढ्नुहॊस »

कोरोनाबाट विदेशमा ज्यान जाने नेपालीको संख्या २ सय ६५ पुग्यो

काठमाडौं । पछिल्लो समय २१ नेपलीको  मृत्यु  भए सँगै कोरोनाबाट विदेशमा ज्यान जाने नेपालीको संख्या २ सय ६५ पुगेको छ। गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरी यो साता २१ नेपालीको मृत्यु भएका हो । यससँगै विदेश मृत्यु हुने नेपालीको कुल संख्या २ सय ६५ पुगेको छ । गैरआवासीय नेपाली संघले संकलन गरेको तथ्यांक अनुसार शनिवार साँझसम्म ४२ देशमा …

पुरा पढ्नुहॊस »

अछाम अस्पतालमा भेन्टिलेटर नहुँदा ३४ वर्षीय कोरोना संक्रमित युवाको गयो ज्यान

अछाम । जिल्ला अस्पताल अछाममा भेन्टिलेटर नहुँदा एक ३४ वर्षीय कोरोना संक्रमित युवकको ज्यान गएको छ । जिल्ला अस्पताल अछाममा उपचाररत बान्नीगढी जयगढी गाउँपालिका–३ का ३४ वर्षीय युवकको शनिबार राति निधन भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले पुष्टि गरे । उनले युवाको स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान अस्पताल पुर्‍याइएको र राति ९ बजे उनको मृत्यु भएको जानकारी दिए । गत भदौ २५ गते भारतबाट फर्किएका उनलाई बान्नीगढ जयगढ गाउँपालिका–३ …

पुरा पढ्नुहॊस »

शंका लागेकाे २ सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले यात्रा गर्नेबित्तिकै आशङ्कामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टाइनमा बस्नुपर्ने र सो अवधिमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरेका छन् …

पुरा पढ्नुहॊस »

विश्वमा कोरोनाबाट ९ लाख ९८ हजारले ज्यान गुमाए, कति पुगे संक्रमित ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ३० लाख नाघेको छ भने ९ लाख ९८ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ३० लाख ५२ हजार ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds