काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिक अधिकारमाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा अदालतले विघटित संसद पुनःस्थापना गरे आफूहरुले आन्दोलन गर्ने बताएका थिए । यही अभिव्यक्तिलाई लिएर डा. भट्टराईले उनीमाथि प्रश्न उठाएका हुन् । सामाजिक सन्जाल ट्विटरमार्फत डा. भट्टराईले ‘देशको प्रमले नै ‘कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता …
पुरा पढ्नुहॊस »भारतबाट कोभिडविरुद्धको १० लाख डोज खोप आइपुग्दै
काठमाडौँ । कोभिड-१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भारतको नयाँदिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौं आउन थालेको हाे । यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इन्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन थालेको उनले बताए । यसअघि, गएको माघ ८ …
पुरा पढ्नुहॊस »भागरथीका आफन्तले भने- बलात्कारी नभेटेसम्म शव बुझ्दैनौं
काठमाडाैँ । बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका किशोर दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गर्यो । सो क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले विभिन्न कोणबाट गरेको अनुन्धानबाट अभियुक्त समात्न सफल भएको बताए । ‘अनुसन्धान शुरु गरेदेखि नै ती व्यक्ति निगरानीमा थिए, सोधपुछ गर्दै जाँदा अन्तिममा उसले अपराध स्वीकार गरेको छ’, उनले भने, ‘आरोपितको बारम्बारको बयान …
पुरा पढ्नुहॊस »चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोग अनुमति
काठमाडौँ । नेपालमा चीनमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । चाइनिज सिनोफार्म कम्पनीले उत्पादन गरेको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको हो । यो खोप बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन हुने गरेको छ । औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा औषधि व्यवस्था विभागले बुधबार सशर्त आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । विभागको यो निर्णयसँगै नेपालले आपत्कालीन प्रयोगको अनुमति दिएका खोपको संख्या दुई पुगेको छ …
पुरा पढ्नुहॊस »गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु
काठमाडौँ । गुल्मीमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात घाइते छन् । गुल्मीको सदरमुकाम तम्घासबाट पराल्मीका लागि छुटेको लु१ज १९८८ नम्बरको जिप बुधबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा २७ वर्षीया गोमा नेपाली, २८ वर्षीया शान्ति नेपाली र ४८ वर्षीय एकराज पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तिनैजना रेसुङ्गा १४ ठुलोपधेराका हुन् । जिप चालक भरत पोखरेल घाइते छन् । चालकसहित ७ उपचार भइरहेको …
पुरा पढ्नुहॊस »भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार
काठमाडौं । गत माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको छ । पक्राउ परेका व्यक्ति भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थी हुन। उनी भागरथी भट्टकै छिमेकी रहेको प्रहरीले जनाएको छ। माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी …
पुरा पढ्नुहॊस »राष्ट्र निर्माणको अभियानमा अग्रसर हुन प्रधानमन्त्रीको आह्वान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा एकतावद्ध भएर अग्रसर हुन आह्वान गरेका छन् । सोनाम तथा ग्याल्बो ल्होछारको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सरकार समृद्ध मुलुक निर्माणको अभियानमा अग्रसर भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो अभियानमा एकतावद्ध भएर लाग्न आम नागरिकलाई आग्रह गरे । ‘ऐतिहासिक जनआन्दोलनबाट स्थापित लोकतन्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा …
पुरा पढ्नुहॊस »महिलाको विदेश भ्रमणबारे कुनै निर्णय भएको छैन : अध्यागमन विभाग
काठमाडौँ । अध्यागमन विभागले ४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा परिवार र वडाको सिफारिस चाहिने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । आन्तरिक छानबिन कार्यदलबाट सुझाव आएको तर हालसम्म कुनै निर्णय नभएको विभागले स्पष्ट पारेको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागले विभिन्न संचार माध्यममा आएका समाचारहरुका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘आन्तरिक कार्यविधिमा संशोधन गरी पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरु भिजिट भिसामा जाँदा …
पुरा पढ्नुहॊस »नेपालमा कोरोना खोप बढी प्रभावकारी देखियो, प्रयोग बढाऔं : डब्ल्यूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का विशेषज्ञले कोरोनाविरुद्ध एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको खोपको प्रयोग बढाउन सिफारिस गरेका छन् । बुधबार उनीहरूले खोपको नकारात्मक असर (साइडइफेक्ट) को तुलनामा फाइदा बढी देखिएको बताएका हुन् । एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको कोरोना खोप भारतले कोभिसिल्ड नाममा उत्पादन गरिरहेको छ र नेपाललाई पनि १० लाख डोज निःशुल्क उपलब्ध गराएको छ। जुन अहिले देशभर लगाउने क्रम जारी छ । स्ट्राटेजिक एडभाइजरी ग्रुफ अफ एक्सपर्ट्स (एसएजीई) ले आफ्नो …
पुरा पढ्नुहॊस »कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
काठमाडाैँ । प्रदेश नम्बर २ को सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ । प्रदेश प्रमुख तिलक परियारले बुधबार प्रमाणीकरण गरेको प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था रहेको छ । यस ऐनबमोजिम अनिवार्य अवकाश वा अन्य प्रयोजनका लागि प्रदेश निजामती कर्मचारीको उमेर गणना गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएका जन्म वा …
पुरा पढ्नुहॊस »