Tag Archives: mainnews

मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौँ । अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने भएको छ । एसिड आक्रमणविरुद्धकी अभियन्ता खातुनलाई प्रतिष्ठित सो पुरस्कार प्रदान गरिने भएको हो । नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी विदेश मन्त्रालयले यस वर्षको पुरस्कार खातुनलाई दिने निर्णय गरेको हो । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि यो पुरस्कार दिइने पनि विज्ञप्तिमा उल्लेख छ । मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली हुन् । त्यस्तै …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । आइतबारदेखि प्रतिनिधिसभा सुरु हुने भएपछि पार्टीको धारणा बनाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार संसदीय दलको बैठकपछि मात्रै कांग्रेसले वर्तमान राजनीतिक विषयमा निर्णय लिनेछ । प्रतिनिधिसभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने जिज्ञाशामा उनले भने, ‘आजको बैठकबाट …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओली र विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दैछन् । सरकारले चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै दिउँसो २ बजे हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्न लागेका हुन् । सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध फुकुवाको औपचारिक घोषणा आज प्रधानमन्त्री ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दको सहमतिपत्रमा हस्ताक्षर एवं संयुक्त सम्बोधनपछि गरिनेछ । सहमतिपत्रमा …

पुरा पढ्नुहॊस »

प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

काठमाडौँ । कञ्चनपुरकाे बेलौरी नगरपालिका-७ मा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ । लागुऔषध बोकेर नेपाल आइरहेका भारतीय तस्कर र प्रहरीबीच बेलौरी नगरपालिका टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो । बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले पहिले गोली चलाएपछि नेपाल प्रहरीले जवाफी कारबाहीस्वरुप गोली चलाएको थियो । जवाफी कारबाहीमा एक भारतीय तस्करको गोली लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीलाई बिदा गराैं : गगन थापा

सर्लाही । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्न काँग्रेस लाग्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले अायाेजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले यस्ताे धारणा राखेका हुन् । उनले यो बेलामा काँग्रेस सरकारमा जाने हतारो गर्नुभन्दा पनि संविधान रक्षाकै निमित्त उभिन जरुरी रहेको वताए । फरक सन्दर्भमा बोल्दै उनले यदि साँच्चिकै देश विकास गर्ने हो भने देशको प्रधानमन्त्री बन्नुभन्दा अघि …

पुरा पढ्नुहॊस »

सरकार र चन्द समूहबीच ३ बुँदे सहमति

काठमाडौँ । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले सरकार र विप्लव समुहबीच तीन बुँदे सहमति भएको जानकारी दिएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी …

पुरा पढ्नुहॊस »

बलात्कारपछि किन हुँदैछ हत्या ?

डम्मर बम झपक्क साँझ परिसकेको थियो, बनमा चर्न गएका जन्तु घर फर्किसकेका थिए, स्कुल पढ्न गएकी छोरी अझै घर पुगेकी थिईन्न । छोरीको आउने बाटो हेर्दै बसेकी थिईन् ४८ बर्षिय आमा द्रोपति भट्ट, उनका आँखा अझै ओईलाएका थिएन्न । उनी अझै पनि छोरी घर फर्किने आशमा बसेकी थिईन । १७ वर्षिया छोरी भागरथी घर नपुग्नु, न कुनै खबर आउनुले द्रोपतिको मनमा चिसोपसिसकेको थियो । उनी आत्तिन थालेकी थिईन । उनको …

पुरा पढ्नुहॊस »

दलित युवतीले छोएको दही खाएका आचार्य डेढ वर्षदेखि बहिष्कृत

काठमाडाैँ । खोटाङमा दलितले छोएको दही खाएका कारण सामाजिक बहिष्कार गरिएका टंकप्रसाद आचार्यलाई न्याय दिन र सुरक्षाको ग्यारेन्टी गर्न राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित पक्षसँग आग्रह गरेको छ । छुवाछूतमुक्त समाज निर्माणका लागि प्रदेश नं १ को अभियानअन्तर्गत जिल्ला समन्वय समितिले २०७६ जेठ १८ गते आयोजना गरेको सहभोज कार्यक्रममा गएर दलित युवतीको हातबाट दही खाएको भन्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ का ७७ वर्षीय आचार्यलाई त्यस बेलादेखि अघोषित रूपमा सामाजिक बहिष्कार …

पुरा पढ्नुहॊस »

हाम्रो समर्थन नेकपाको कुनै पक्षलाई छैन : महामन्त्री कोइराला

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन् । हेटौंडामा शनिबार आयोजित एक कार्यक्रममा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, “हामी केपी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड-माधव नेपाल पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्‌मा हुने प्रतिनिधित्वका आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।” महामन्त्री कोइरालाले कम्युनिस्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए …

पुरा पढ्नुहॊस »

आजको मौसम: चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । अहिले देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । यस्तो छ तीन दिनको पूर्वानुमान फाल्गुन १६ गते (आइतबार) दिउँसो : प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ …

पुरा पढ्नुहॊस »