झरीपछि खुल्दै आकाश, आज कुन प्रदेशको मौसम कस्तो ?

काठमाडौं । करिब एक साता लामो झरीपछि मौसम खुल्न थालेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ । आज पनि बिहानैदेखि मौसम सफा देखिएको छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

असोज १२ गते (सोमबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।

असोज १३ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

असोज १४ गते (बुधबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस