Tag Archives: featured

‘हेमबहादुर मल्ल सम्मान, २०७९’ कूटनीतिज्ञ थापालाई प्रदान

काठमाडौँ । कुशल प्रशासक एवं व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान–२०७९’ कूटनीतिज्ञ डा भेषबहादुर थापालाई प्रदान गरिएको छ । नेपाल जनप्रशासन सङ्घद्वारा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सो सम्मान प्रदान गरेका हुन् । सो सम्मान रु दुई लाख राशिको रहेको छ । सङ्घले र साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा सो संस्थाका अध्यक्ष स्व हेमबहादुर मल्लको स्मृतिमा उक्त सम्मान स्थापना गरेको हो । पाँच दशकसम्म निरन्तर सार्वजनिक …

पुरा पढ्नुहॊस »

गुगल प्ले स्टोरमा पुनः फर्कियो इसेवा एप

काठमाडौं । केही दिनदेखि गुगलको प्ले स्टोरबाट हटेको इसेवा एप पुन: उपलब्ध भएको छ। कम्पनीका अनुसार विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउको लागि नयाँ नीति जारी गरेको छ। उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरु हटाउने गर्दै आइरहेको छ। गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्ने हुन्छ। इसेवा …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र समाज डेन्टलबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित समाज डेन्टल प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट दिने समझदारी भएको छ । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले समाज डेन्टलका नयाँ बानेश्वर, जावलाखेल चोक, राधेराधे, सनसिटी–पेप्सिकोला, बसुन्धरा चौकी, सितापाइला, बौद्ध, कौशलटार, इमाडोल, बनेपा– काभ्रेस्थित सेवाकेन्द्रबाट सेवा लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ । कुमारी बैंकका ग्राहकलाई …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज तोलामा ३ सय रुपैयाँ बढेको हो । जसअनुसार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँ थियो । यसअघि सोमबार भने सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ पुगेको हो । चाँदीको मूल्य तोलाको १ हजार …

पुरा पढ्नुहॊस »

खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी बैंकको अनुरोध

काठमाडौँ । एनआई्सी एसिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.comवा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको ‘PAN Update’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ …

पुरा पढ्नुहॊस »

बुधबार पनि घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । यो दिन तोलामा १ हजार ४ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३ सय कायम भएको छ । मंगलबार पनि सुनको मूल्य घटेर तोलाको १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको नाफा २४.५२ प्रतिशतले बढ्यो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.५२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद …

पुरा पढ्नुहॊस »

सानिमा बैंकका ग्राहकलाई दूसित थानी हिमालयन रिसोर्टमा छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई धुलिखेलस्थित दूसित थानी हिमालयन रिसोर्टमा छुटको व्यवस्था गरेको छ। डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न उक्त व्यवस्था गरिएको बैंकले जनाएको छ। उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्। बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन …

पुरा पढ्नुहॊस »

आईएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमा हवाइ टिकट काट्ने बढे

काठमाडौं । डिजिटल वालेट आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाइ टिकट काट्नेको संख्यामा उत्साहजनक बढेको छ। सहज फिचर सँगसँगै प्रयोगकर्ताहरूले कल तथा इमेलमार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको कम्पनीले जनाएको छ। आईएमई पेका अनुसार अझै अहिले मनसुनको समयमा मौसमको फेरबदल भइरहँदा आइएमई पेमार्फत प्राप्त भएको यस रिफन्डेबल टिकट फिचरले ग्राहकहरुलाई ढुक्कले यात्राको लागि टिकट खरिद …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टान बीच त्रिपक्षीय समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक, आइएमई तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन् । उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीहरुलाई …

पुरा पढ्नुहॊस »