फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज तोलामा ३ सय रुपैयाँ बढेको हो ।

जसअनुसार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँ थियो । यसअघि सोमबार भने सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ पुगेको हो ।

चाँदीको मूल्य तोलाको १ हजार ६ सय ९० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७ सय १० रुपैयाँ कायम थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनकामना केबुलकार अब डिजिटल डी-कनेक्ट प्रणालीमा, असोज १ देखि पुनः सञ्चालनमा आउने

काठमाडौँ । मनकामना केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन …

प्रतिकृया दिनुहॊस