काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित समाज डेन्टल प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट दिने समझदारी भएको छ ।
सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले समाज डेन्टलका नयाँ बानेश्वर, जावलाखेल चोक, राधेराधे, सनसिटी–पेप्सिकोला, बसुन्धरा चौकी, सितापाइला, बौद्ध, कौशलटार, इमाडोल, बनेपा– काभ्रेस्थित सेवाकेन्द्रबाट सेवा लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ ।
कुमारी बैंकका ग्राहकलाई उक्त सेवा केन्द्रहरूमा रजिस्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क निःशुल्करूपमा उपलब्ध गराएको छ ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस