Tag Archives: featured

हिमालय एयरलाइन्सले काठमाडौं-कुवेत पुनः उडान गर्दै

काठमाडाैं । हिमालय एयरलाइन्सले आगामी भदौ ४ देखि काठमाडौं–कुवेतमा पुनः उडान गर्ने भएको छ । कुवेतमा रहेका नेपालीहरूको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले पुनः उडानको तयारी थालेको हो । एयरलाइन्सले सुरूमा सातामा एउटा काठमाडौं–कुवेत–काठमाडौं उडान गर्ने बताएकाे छ । तर, माग बढी भएमा उडान थप्ने कम्पनीको योजना छ । उडानले दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्दन गर्ने विश्वास कम्पनीले लिएकाे छ ।

पुरा पढ्नुहॊस »

फेरि काठमाडौं-कुवेत उडान गर्दै हिमालय एयरलाइन्स

काठमाडाैं – हिमालय एयरलाइन्सले आगामी भदौ ४ देखि काठमाडौं-कुवेतमा पुनः उडान गर्ने भएको छ । कुवेतमा रहेका नेपालीहरूको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले पुनः उडानको तयारी थालेको हो । एयरलाइन्सले सुरूमा सातामा एउटा काठमाडौं-कुवेत-काठमाडौं उडान गर्ने बताएकाे छ । तर, माग बढी भएमा उडान थप्ने कम्पनीको योजना छ । उडानले दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्दन गर्ने विश्वास कम्पनीले लिएकाे छ ।

पुरा पढ्नुहॊस »

सुनको मूल्यमा गिरावट, सोमबार कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यो दिन तोलामा एक सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७ सय रुपैयाँका कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार ८ सय थियो । यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७१५ रुपैयाँमा कायम भएको छ । …

पुरा पढ्नुहॊस »

नेपालभर विशेष अफरहरूसहित सिट्रोनको निःशुल्क चेकजाँच क्याम्प सुरु

काठमाडौं । नेपालमा सिट्रोन गाडीहरुको लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन गाडीको ग्राहकहरुलाई लक्षित गरी निःशुल्क चेकजाँच क्याम्प आयोजना गरेको छ। यो क्याम्पले खरिद गरिएका सिट्रोनका सवारी साधनलाई राम्रो अवस्थामा राख्नुका साथै विशेष छुटहरूको फाइदा पनि प्रदान गर्नेछ। यस क्याम्पमा, फी सर्भिसिङ गाडीका सबै पार्ट्समा १० प्रतिशत छुट, निःशुल्क साधारण चेकजाँच साथै लुब्रिकेन्ट्समा ५ प्रतिशत छुटलगायतका विभिन्न आकर्षक अफरहरू उपलब्ध हुनेछन् । यी सुविधाहरूले सिट्रोन गाडीका ग्राहकहरुको सवारी …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकद्वारा ललितपुरको सुनाकोठी र धनुषाको पिडारीचोकमा शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये ललितपुरस्थित जाउलाखेल शाखा र धनुषाको भानुचोकस्थित जनकपुर शाखा– २ लाई स्थानान्तरण गरी नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको छ। बैंकले जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका, वडा नं २७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने भानुचोक स्थित जनकपुर शाखा – २ लाई जनकपुरधाम, धनुषा जिल्ला पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा …

पुरा पढ्नुहॊस »

भारतीय च्यानल बन्द भएपछि केबल टेलिभिजन व्यवसायीले विभागमा हाले उजुरी

काठमाडौं । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले सूचना तथा प्रसारण विभागमा भारतीय सशुल्क च्यानल नेपालमा बन्द भएको भन्दै उजुरी दर्ता गरेको छ। महासंघले सञ्चारग्राम तिलगंगा पुगेर हालेको उजुरी विभागले दर्ता गरेको हो। १०५ नम्बरमा उजुरी दर्ता भएको छ। यही उजुरी सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पनि महासंघले पठाएको छ। विगत २८ वर्षदेखि निरन्तर रुपमा नेपाली केबल तथा डीटीएच प्रसारकहरुले प्रसारण गर्दै आइरहेका भारतीय सशुल्क च्यानलहरुको प्रसारण सेवा उपलब्ध गराउँदै आएका विदेशी …

पुरा पढ्नुहॊस »

सिटिजन्स क्यापिटलको लाभांश क्षमतामा वृद्धि

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडको १८ औं वार्षिक साधारण सभा भाद्र १७ गते गर्ने भएको छ । संस्थाले आ.व.२०८०/८१ मा चुक्ता पूजीँको १५.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाको १८ औं वार्षिक साधारण सभाका विषयहरूका सम्बन्धमा छलफल गर्न ज्ञानेश्वर (जर्मन एम्बेसी नजिक) स्थित एटिक मिटिङ्ग हल, काठमाडौंमा बिहानको ११ बजे देखि सभा हुने जनाएको छ । आव२०८०/८१ मा सिटिजन्स क्यापिटल लिमिटेडको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि भएको जनाएको छ …

पुरा पढ्नुहॊस »

आइतबार फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । यो दिन तोलामा ७ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार १ सय रुपैयाँमा कायम थियो । यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७ सय २० रुपैयाँमा कायम भएको …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको वित्तीय सचेतना भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकहरूमाझ सचेतना जगाउनको लागी ‘सचेत सिटिजन नै हो सेफ सिटिजन’ भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ । बंैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत विभागीय प्रमुखहरू एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्रयाटेजिक ग्रोथ एन्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्सका बीच सो भिडियो सार्वजनिक गरेका हुन् । बढ्दो …

पुरा पढ्नुहॊस »