महालक्ष्मी विकास बैंकको नाफा २४.५२ प्रतिशतले बढ्यो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.५२ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १४.२८ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.५१ प्रतिशतबाट बढेर ४.५८ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको इम्पेरमेन्ट चार्ज घटेर ३७ करोड १ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको कुल सञ्चालन आम्दानी ०.६४ प्रतिशत र सञ्चालन मुनाफा १८.६८ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा भने १७ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ । त्यस्तै, बैंकको निक्षेप ७.२१ प्रतिशतले बढेको छ भने कर्जा ८.८६ प्रतिशत बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २.२२ रुपैयाँले बढेर ११.२७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६०.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३१.३२ गुणा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धादिङको त्रिशूली वीचमा १५ % सम्म छूट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुका लागि थप सेवा दिन धादिङको गल्छीमा रहेको त्रिशूली वीच …

प्रतिकृया दिनुहॊस