आईएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमा हवाइ टिकट काट्ने बढे

काठमाडौं । डिजिटल वालेट आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाइ टिकट काट्नेको संख्यामा उत्साहजनक बढेको छ।

सहज फिचर सँगसँगै प्रयोगकर्ताहरूले कल तथा इमेलमार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको कम्पनीले जनाएको छ।

आईएमई पेका अनुसार अझै अहिले मनसुनको समयमा मौसमको फेरबदल भइरहँदा आइएमई पेमार्फत प्राप्त भएको यस रिफन्डेबल टिकट फिचरले ग्राहकहरुलाई ढुक्कले यात्राको लागि टिकट खरिद गर्ने हौसला प्रदान गरेको छ।

आइएमई पे एप मार्फत प्रयोगकर्ताहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट-रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।

आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाइ टिकटमा टिकट रिफन्डेबल फिचरमा प्रयोगकर्ताहरूको बढ्दो संख्याले र उत्साहले अझै सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइएमई र कमर्स प्लेक्सबिच रेमिटेन्स आदानप्रदानका लागि साझेदारी

काठमाडौँ । आइएमई लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बिच एक कार्यक्रमको आयोजना गर्दै रेमिटान्स सम्बन्धी …

प्रतिकृया दिनुहॊस