अमिता लामा सीप विकासले रोजगारी र सशक्तीकरणमा टेवा पुग्ने अध्यक्ष ढकालको भनाइ काठमाडौं । आईएमई अटोमोटिभ एस्कर्ट्सले महिलाहरुलाई लक्षित गरी निःशुल्क हेभी ईक्यूपमेन्ट अपरेटर ब्याक हो लोडर तालिम सञ्चालन गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरु भएको उक्त तालिमको उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष ढकालले महासंघको अध्यक्षको रुपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए । …
पुरा पढ्नुहॊस »नेपाल टेलिकमले विद्युत प्राधिकरणलाई ५० हजार थान इ-सिम दिने
काठमाडाैं । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान इ–सिम उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा दुई संस्थाबीच बिहीबार एक सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युत बाबु घिमिरेले हस्ताक्षर गरेका हुन्। सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत पहाडीले विद्युत प्राधिकरणसँगको व्यावसायिक सहकार्यका लागि धन्यवाद …
पुरा पढ्नुहॊस »नेपाल लाइफको बीमा शुल्क वैशाखभर नवीकरण गर्दा क्यासब्याक पाइने
काठमाडाैं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत वैशाख महिनाभरि बीमा शुल्कको नवीकरण ई-सेवामार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५ प्रतिशत वा २३० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ। ग्राहक तथा अभिकर्ताहरुलाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अफर सञ्चालनमा ल्याइएको हो। कम्पनीले बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई-सेवा, खल्ती, फोन-पे, कनेक्ट …
पुरा पढ्नुहॊस »सुजुकीका गाडी किन्न कुमारी बैंकले ७० प्रतिशतसम्म कर्जा दिने
काठमाडाैं । कुमारी बैंक लिमिटेड र सी जी मोटर कर्पका बीच ग्राहकहरूलाई सुजुकी ब्रान्डका सवारीसाधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ। सवारीसाधनको लोकप्रियता नेपालमा बढिरहेको र सोहीअनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारीसाधनहरु खरिदका लागि कर्जा उपलब्ध गराउने भएको छ। यस सहकार्यपछि कुमारी बैंकका ग्राहकहरूले अब नेपालको कुनै पनि सुजुकीका डिलरहरुबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट …
पुरा पढ्नुहॊस »सेयर बजार राताम्मै
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मै भएको छ । यसअघि बुधबार १५.१३ अंकले बढेको सेयर बजार बिहीबार नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ । बिहीबार सबै उपसूचकको सेयर घटेर बजार राताम्मै भएका छ । यसैगरी, २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयरको कारोबार हुँदा ९८ करोड ३३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ५ …
पुरा पढ्नुहॊस »नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी
काठमाडौँ । नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बिच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानवसंशाधनको वृद्धिविकासका लागि समझदारी भएको छ । एक कार्यक्रमका बिच दुई निकायका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गरेका हुन् । यस समझदारी अन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने छ …
पुरा पढ्नुहॊस »सुनको भाउ घट्याे, चाँदीकाे भने स्थिर
काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहीबार घटेको छ । यसअघि बुधबार ३०० रुपैयाँले बढेको सुन बिहीबार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला …
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंकको खुद नाफा चार अर्ब बढी, यस्तो छ वित्तीय नतिजा
काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९/८० को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले आ.व. २०७९/८० को तेस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७७.७ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३१६.५५ अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले …
पुरा पढ्नुहॊस »नबिल बैंकका ग्राहक तथा कर्मचारीले होटल सिराइचुलीमा छुट पाउने
काठमाडाैं । नबिल बैंकका ग्राहक तथा कर्मचारीले होटल सिराइचुलीमा छुट पाउने भएका छन् । यस छुटसम्बन्धी नबिल बैंक र होटल सिराइचुलीबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता सम्पन्नसँगै नबिल बैंकका ग्राहक तथा कर्मचारीले होटल सिराइचुलीमा nBank एप र Nabil Cards मार्फत भुक्तानी वा ब्यालेन्स ट्रान्सफर गर्दा BB प्लान (र्याक दर) मा आवासमा २५ प्रतिशत छुट पाउनेछन् । त्यस्तै खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको …
पुरा पढ्नुहॊस »बेनेलीको ‘नयाँ सफर धमाकेदार अफर’, ६० हजारसम्म छुट
काठमाडाैं । बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता केटीएम इन्टरनेशलन ट्रेडिङ प्रालिले ‘नयाँ सफर दमदार अफर’ ल्याएको छ । इटालीमा निर्मित विश्वभरमा बढी बिक्री हुने मोटरसाइकलले नयाँ वर्ष २०८० को अवसरमा यो अफर ल्याएको हो । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ । यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्छन् । यस अफरबाट तीनवटा फाइदा लिन सकिने कम्पनीले जनाएको छ । …
पुरा पढ्नुहॊस »