नेपाल लाइफको बीमा शुल्क वैशाखभर नवीकरण गर्दा क्यासब्याक पाइने

काठमाडाैं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत वैशाख महिनाभरि बीमा शुल्कको नवीकरण ई-सेवामार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५ प्रतिशत वा २३० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ।

ग्राहक तथा अभिकर्ताहरुलाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अफर सञ्चालनमा ल्याइएको हो। कम्पनीले बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई-सेवा, खल्ती, फोन-पे, कनेक्ट आइ.पी.एस, आई एम ई-पे र प्रभु-पेसँग सम्झौता गरेको छ। कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षित समेत हुने बताए। आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहकलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको पराजुलीले बताए।

२०५८ वैशाख २१ गते स्थापित कम्पनीले २२ वर्षमा करिब १ सय ९२ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नख्खु बाढीमा बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मीको सम्मान

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफले नख्खु बाढीमा बगाएकालाई बचाउने काभ्रेका निकलाल तामाङलाई सम्मान गरेको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds