सुजुकीका गाडी किन्न कुमारी बैंकले ७० प्रतिशतसम्म कर्जा दिने

काठमाडाैं । कुमारी बैंक लिमिटेड र सी जी मोटर कर्पका बीच ग्राहकहरूलाई सुजुकी ब्रान्डका सवारीसाधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ।

सवारीसाधनको लोकप्रियता नेपालमा बढिरहेको र सोहीअनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारीसाधनहरु खरिदका लागि कर्जा उपलब्ध गराउने भएको छ।

यस सहकार्यपछि कुमारी बैंकका ग्राहकहरूले अब नेपालको कुनै पनि सुजुकीका डिलरहरुबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट सजिलै बीजक मूल्यको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। साथै सो कर्जा ८ वर्ष अवधिसम्मका लागि लिन मिल्ने प्रावधान गरिएको छ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटीएम, ६२ शाखारहित बैंकिङ्ग इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds