नेपाल टेलिकमले विद्युत प्राधिकरणलाई ५० हजार थान इ-सिम दिने

काठमाडाैं । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान इ–सिम उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा दुई संस्थाबीच बिहीबार एक सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युत बाबु घिमिरेले हस्ताक्षर गरेका हुन्।

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत पहाडीले विद्युत प्राधिकरणसँगको व्यावसायिक सहकार्यका लागि धन्यवाद ज्ञापन गर्दै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन्।

विद्युत प्राधिकरणका निर्देशक अच्युत बाबु घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा नेपाल टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त इ–सिममार्फत् सेवा उपलब्ध हुने भएकोमा खुशी व्यक्त गरे।

प्राधिकरणले विद्युत महशुल सम्बन्धी जानकारीका लागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ। यसको सहयोगले कार्यालयबाटै विद्युत खपत बारेमा जानकारी लिन सकिनुका साथै लाइन काट्न र विद्युत चुहावट नियन्त्रण लगायतका कार्य गर्न सहयोग पुग्ने टेलिकमले जानकारी दिएको छ।

इ–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्छ। १०० एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकहरूका लागि इ–सिम प्रयोग गरिने छ। टेलिकमले विद्युत प्राधिकरणलाई यस अघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस