सेयर बजार राताम्मै

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मै भएको छ । यसअघि बुधबार १५.१३ अंकले बढेको सेयर बजार बिहीबार नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ ।

बिहीबार सबै उपसूचकको सेयर घटेर बजार राताम्मै भएका छ ।

यसैगरी, २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयरको कारोबार हुँदा ९८ करोड ३३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ५ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको हो।

यसैगरि कुमारी बैंक लि. को ३ करोड ५३ लाख रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ । बिहीबार कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिट्रोन सी३ र ईसी३ मा सांग्रिला मोटर्सले ल्यायो ‘फेस्टिभ अफर’

काठमाडौँ । नेपालमा सिट्रोन ब्रान्डको अधिकृत बिक्रेता सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन सी३ (आईसीई इन्जिन) …

प्रतिकृया दिनुहॊस