Tag Archives: featured

एनआईसी लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा धरान उप–महानगरपालिका वडा नं. ८, सुनसरीमा सम्पन्न भएको छ । सभाले विभिन्न एजेन्डासहित संस्थाको आ.व. २०७८-७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व. २०७८-७९ नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित विभिन्न अनुसूचीहरू पारित गरेको छ । यसैगरी, सभाले संस्थाको सेयरधनीहरूलाई चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले रु. २५करोड …

पुरा पढ्नुहॊस »

एसबी सोलुसन्सद्वारा नबिल बैंकमा क्याड मोड्युल सफलतापूर्वक लाइभ

काठमाडाैं । नेपालको एक अग्रणी सफ्टवेयर कम्पनी एसबी सोलुसन्स् प्रालिले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ । एसबी सोलुसन्सले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्त्वपूर्ण मोड्युल हो- क्याड मोड्युल । नबिल बैङ्कमा यो सफ्टवेयर प्रणाली कार्यान्वयन भएसँगै करिब एक वर्षभन्दा बढी समयदेखि यसको नियमित रूपमा उपयोग भइरहेको छ र यसले बैङ्कको स्वीकृति पत्रसँगै कर्ण तमसुक, प्रतिज्ञा पत्र, जमानतको लिखत आदि लगायत सम्पूर्ण …

पुरा पढ्नुहॊस »

आईएमई लाईफले दियो सम्पति शुद्धिकरण सम्बन्धी तालिम

काठमाडौं । आईएमई लाईफले सम्पति शुद्धिकरण सम्बन्धी वित्तिय लगानी निवारण तालिम प्रदान गरेको छ । आईएमई लाईफ इन्स्योरेन्सले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । उक्त कार्यक्रम बिहीबार सम्पन्न गरेको हो । कान्तिपथको होटेल यल्लो प्यागोडामासम्पन्न उक्त तालिम कार्यक्रममा सातै प्रदेश अन्तर्गतका प्रमुख, क्षेत्रीय प्रमुख तथा ब्यवस्थापन समूह गरी ३० जनाको सहभागिता रहेको थियो । अपराधिक क्रियाकलाप र गैरकानुनी काम …

पुरा पढ्नुहॊस »

पत्रकार इन्द्र लोहनीकी बहिनी विजयालाई क्यान्सर, सहयोगका लागि गरिन् अपिल

काठमाडौँ । झापा घर भई हाल काठमाडौंको पेप्सीकोलामा बस्दै आएकी विजया लोहनीले क्यान्सरको उपचारका लागि सहयोगको अपिल गरेकी छन् । पत्रकार स्व इन्द्र लोहनीकी कान्छी बहिनी विजयाले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देशविदेशमा रहेका नेपालीहरूसँग आर्थिक सहयोगका लागि अनुरोध गरेकी हुन् । उनी तीन वर्षयता क्यान्सर रोगसँग लडिरहेकी छन् । ‘उपचार प्रक्रिया महँगो छ । तर, उपचार गर्दा रोग निको हुनसक्छ भन्ने डाक्टरको सल्लाह छ । त्यसैले मैले सबैलाई …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौँको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले आँखा शल्यक्रियाको लागि रु. पाँच लाख बाह्र हजार पाँच सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । सो रकम बैंकका तर्फबाट त्रिपुरेश्वर सर्कल अफिस प्रमुख अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरे । बैंकबाट प्राप्त उक्त सहयोग रकम नेपाल आँखा अस्पतालले काभे्रपलाञ्चोक, धादिङ्ग, नुवाकोट र रसुवा जस्ता दुर्गम …

पुरा पढ्नुहॊस »

मौलाकाली केवलकार वैशाख १८ देखि सञ्चालनमा, उद्घाटन प्रधानमन्त्रीबाट

काठमाडौं । मौलाकाली केवलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केवलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ। नवलपुर जिल्लाको गैँडाकोट १ मा निर्माण सम्पन्न केवलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो। केवलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ। आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो। गैँडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकद्वारा नशारहीत समाजको भवन निर्माण गर्न पाँच लाख सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको हाडिगाउँस्थित नशारहीत समाज नेपाल (उपचार केन्द्र) लाई बहुउद्देश्यीय हल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। देशका युवाहरु रक्सी तथा विभिन्न लागू पदार्थको कुलतमा फसेको पाइन्छ। यति मात्र नभइ यस कुलतले उनीहरुलाई समाजमा विभिन्न अपराधहरुमा पनि फसाइरहेको पाइन्छ। यस्तै, समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकाल देखि नै रक्सी तथा लागू पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर …

पुरा पढ्नुहॊस »

सनराइज बैंकका ग्राहकलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट पाइने सम्झौता गरेको छ। सम्झौताअनुसार अब सनराइज बैंकका सम्पूर्ण ग्राहक वर्गले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। सोसम्बन्धी सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरे। इन्द्रप्रस्थ अपोलो हस्पिटल भारत …

पुरा पढ्नुहॊस »

शंखरापुरमा ज्योति विकास बैंकको निःशुल्क महिला स्वास्थ्यशिविर

काठमाडौं । ज्योति विकास बैंकले शंखरापुर नगरपालिका वडा नं.०३, जहरसिंपौवा, काठमाडौंमा निःशुल्क पाठेघर क्यान्सर परीक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न गरेको छ। उक्त शिविरमार्फत ६५ जना भन्दा बढी महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बैंकले जनाएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोषमार्फत शिविर आयोजना गरेको हो। पाठेघरको क्यान्सर जाँच, स्तन क्यान्सर बारे सचेतना, प्रारम्भिक पहिचान र रोकथाम गर्ने उद्देश्यका साथ बैंकले एक दिने स्वास्थ्य शिविर …

पुरा पढ्नुहॊस »

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्दै

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० अङ्कमा कायम भएको हो । आज दुई सय ६५ कम्पनीका २७ लाख ३४ हजार तीन सय सात कित्ता शेयर ३१ हजार चार सय १५ पटक खरिद बिक्री हुँदा रू ८२ करोड ८५ लाख ३४ हजार बराबरको कारोबार …

पुरा पढ्नुहॊस »