Tag Archives: featured

बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत NEPALPAY QR मा ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

काठमाडाैँ । बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत NEPALPAY QR मा ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । छोटो अन्तरालमा ३ लाख भन्दा बढी मर्चेन्टहरु QR मा आबद्ध गरिनुले नेपालमा QR सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी NEPALPAY QR सञ्चालनमा ल्याइएको हो । QR स्कीमको रुपमा पनि उपलब्ध …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र लक्ष्मी इन्टर कन्टिनेन्टलबीच कर्जासम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रालिका महाप्रबन्धक इन्द्र सापकोटाले हस्ताक्षर गरे । सम्झौता अनुसार लक्ष्मी कन्टिनेन्टलबाट आयात गरिएका इलेक्ट्रिक भेहीकल खरिद गर्ने ग्राहकलाई छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै …

पुरा पढ्नुहॊस »

सनराइज बैंकले गर्‍यो विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकको योग कुटी शाखाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । निःशुल्क आँखा शिविर कार्यक्रम जनता मा.वि शुद्धोधन गाउँपालिका ०७ रुपन्देहीमा सञ्चालन गरिएको थियो । संचालन भएको सो शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवाहरु लिएका थिए …

पुरा पढ्नुहॊस »

कृषि संस्थाहरू खारेजीविरुद्ध किसान महासंघ

काठमाडौं । अखिल नेपाल किसान महासंघले सरकारले आर्थिक वर्ष ०८०/०८१ को नीति कार्यक्रम तथा बजेटमार्फत् किसानको हक हित अधिकार र मुलुककै कृषि क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका केही संस्थामा बजेट विनियोजन नगर्ने र केही संस्था खारेज गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएको छ । किसानका हक अधिकारको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि मुलुकको किसान आन्दोलनमार्फत् स्थापित एकमात्र संस्था राष्ट्रिय किसान आयोग, देशको दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको …

पुरा पढ्नुहॊस »

सुनचाँदीमा विलासिता कर नलाग्ने

काठमाडौं । सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको दुई प्रतिशत विलासिता कर नलगाउने भएको छ । बजेट वक्तव्यमा १० लाखमाथिको सुनचाँदीको कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने भनिएको थियो । तर, उक्त घोषणाको सुनचाँदी व्यवसायीले चरणबद्धरूपमा विरोध गर्दै आएका थिए । उनीहरूले मंगलबार सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी उक्त कर फिर्ता गर्न माग गरेका थिए । सो अवसरमा अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको …

पुरा पढ्नुहॊस »

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ । तोलामा आज सुन एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ थियो । चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकका ग्राहकलाई ‘केएफसी, पिज्जा हट र क्रिम बेल’मा विशेष छुट

काठमाडाैं । सनराइज बैंक र देव्यानी इन्टरनेसनल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्घन गर्न सनराइज बैंकका ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ। डिजिटल कारोबारलाई प्रवर्द्घन गर्ने उद्देश्यका साथ बैंकले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ। सोही क्रममा बैंकले केएफसी, पिज्जा हट÷क्रिम बेल’सँग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुुट दिने व्यवस्था गरेको हो। यस सम्झौता अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एप ‘सनराइज स्मार्ट प्लस’बाट नेपालपे क्यूआर स्क्यान गरी …

पुरा पढ्नुहॊस »

आईएमईको २३ औं वर्ष प्रवेशका अवसरमा कर्मचारी र एजेन्ट सम्मानित

काठमाडाैं । आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आईएमई लिमिटेडले सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ। ‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ मनाइएको समारोहमा आईएमई लिमिटेड तथा आईएमई ग्रुपका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो। कार्यक्रममा आईएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईको व्यवसायिक यात्राको स्मरण गर्दै यस यात्रामा निरन्तर सहयोग गर्ने सेवाग्राहीहरु, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकायहरु, व्यावसायिक साझेदारहरु, कर्मचारी लगायतमा आभार व्यक्त गरे। …

पुरा पढ्नुहॊस »

ज्योति क्यापिटलको सञ्चालकमा उप्रेती नियुक्त

काडठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालनमा अविनाश उप्रेती नियुक्त भएका छन् । कम्पनीका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा सोमबार बसेको सञ्चालक समितिको बैठकले रिक्त सञ्चालक पदमा उप्रेतीलाई नियुक्त गरेको हो । उनी ज्योति विकास बैंकबाहेकका अन्य संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त भएका हुन् । स्नातकोत्तर तह (एमबीए) को शैक्षिक योग्यता भई कर्जा विश्लेषकको अनुभव बोकेका उप्रेती जेठ २९ गतेदेखि लागू हुने गरी सञ्चालकमा चयन भएका छन् । …

पुरा पढ्नुहॊस »

नबिल बैंक र ईसेवा मनी ट्रान्सफरबीच भुक्तानी सम्झौता

काठमाडौं । रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच भुक्तानी सम्झौता भएको छ। सम्झौतापछि अब विदेशबाट ईसेवा मनी ट्रान्सफरमार्फत् पठाएको रेमिट्यान्स नबिल बैंकका देशभर रहेका २५५ वटै शाखामध्ये जुनसुकैबाट भुक्तानी गर्न सकिनेछ। सम्झौताबमोजिम विदेशमा रहेका नेपालीले सिधै नबिल बैंकको खातामा पैसा पठाइ नगद भुक्तानी गर्न सक्नेछन्। सम्झौता पत्रमा ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले हस्ताक्षर गरे। ईसेवा मनी ट्रान्सफरकले …

पुरा पढ्नुहॊस »