Tag Archives: featured

कर्जा चुक्ता नगरेपछि धितोमा राखिएको सजिना श्रेष्ठको कार बेच्दै माछापुच्छ्रे बैंक

काठमाडौं । ऋणीले कर्जा चुक्ता नगरेपछि माछापुच्छ्रे बैंकले धितोमा राखिएको कार बेच्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको कार बिक्री गरेर असुल गर्ने भएको हो । ऋणी सजिना श्रेष्ठले बैंकको लाजिम्पाट शाखाबाट ऋण दिएकी थिइन् । तर उनलाई कर्जा चुक्ता गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंक धनी भएको …

पुरा पढ्नुहॊस »

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगमा १० खेल सम्पन्न, कुन कुनले जिते ?

काठमाडौँ । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फम्र्याट’मा खेलाइएको हो । तीन दिनसम्म चल्ने लिगको पहिलो दिनको पहिलो खेलमा महालक्ष्मी विकास बैंकले श्री इन्भेस्टमेन्ट फाइनान्सलाई ६९ रनले पराजित गरेको छ। उक्त खेलमा महालक्ष्मी विकास बैंकका सागर गुप्ता म्यान अफ द म्यान घोषित भए । दोस्रो खेलमा प्राइम कमर्सियल बैंकले सिटिजन्स बैंकलाई १४ …

पुरा पढ्नुहॊस »

प्रभु बैंकले लक्जेम्बर्गबाट ल्यायो ५० लाख डलर ऋण, विद्युतीय सवारीमा लगानी गर्ने

काठमाडौं । प्रभु बैंकले लक्जेम्बर्गको एमएसएमई इन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख अमेरिकी डलरबराबरको ऋण सुविधा प्राप्त गरेको छ । विश्व वातावरण दिवसका दिन हरित लगानीअन्तर्गत विद्युतीय सवारीसाधनहरूमा लगानी गर्न बैंकले चार वर्ष अवधिका लागि उक्त रकम प्राप्त गरेको हो । जलवायु परिवर्तनले आक्रन्त विश्व, यसको प्रभाबबाट मुक्ति पाउन प्रयासरत छ । बैंकलाई प्राप्त उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरिद तथा आयातका लागि सहज …

पुरा पढ्नुहॊस »

फाँट पौवामा गरिमा विकास बैंकको बृहत निःशुल्क स्वास्थ्य शिविर

नुवाकोट । गरिमा विकास बैंक लिमिटेडले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि, चाबहिल र यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टसँगको सहकार्यमा मिति २०८० जेठ २० गते शनिबारका दिन बेलकोटगढी नगरपालिका वडा नं २, फाँटा पौवा, नुवाकोट स्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । बेलकोटगढी नगरपालिका वडा नं २ का वडाध्यक्ष श्री रामचन्द्र तिमल्सिनाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा माननीय श्री अर्जुन …

पुरा पढ्नुहॊस »

रामकृष्णको स्वरमा ‘आफ्नै छायाले…’ (भिडिओ)

काठमाडौँ । गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘आफ्नै छायाले…’गीतको भिडियो आस्था मिडियाको अफिसियल युटुवमार्फत सार्वजनिक भएको छ । गीतकार दिलीप योन्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा रहेको गीतको अडिओलाई विन्दाबासिनी म्युजिक ले बजारमा ल्याएको थियो । गीतको अडिओलाई मिक्सिङ र मास्टरीङ किशोर थापाले गरेका छन् । यस गीति संग्रहको आवरण डिजाइन भने अनिल स्थापितले गरेका हुन् । आफ्नै छायाले गीतको भिडियोमा अजय रेग्मीले छायांकन गरेका छन् भने भिडियो निर्देशन …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ तोकिएको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ ६९ पैसा र बिक्री दर १४१ रुपैयाँ ३३ पैसा रहेको छ । यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ६० पैसा र बिक्री दर १६४ रुपैयाँ ३५ …

पुरा पढ्नुहॊस »

नबिल बैंकको ‘सस्टेनेबल हाउजिङ’ कर्जा, घर बनाउन आधारदरमा १ प्रतिशत ब्याज थपेर कर्जा दिने

काठमाडाैं । नबिल बैंकले विश्व वातावरण दिवसको अवसरमा ‘सस्टेनेबल हाउजिङ’ कर्जा योजना सञ्चालनमा ल्याएको छ। बैंकले आधारदरमा एक प्रतिशत वा सात वर्षको लागि १०.४९ प्रतिशत दरमा यो कर्जा उपलब्ध गराउने छ। यो कर्जाको अवधि २० वर्षको हुनेछ। यो कर्जा लिने ऋणीले क्रेडिट कार्ड पनि निःशुल्क प्राप्त गर्छ। कर्जा रकम न्यूनतममा ७ लाख र अधिकतममा ५ करोड रुपैयाँ हुनेछ। थप कर्जा आवश्यक परे १ करोड रुपैयाँसम्म दिइनेछ। सात वर्षपछि आधारदर पछिको …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको बसुन्धारामा अवस्थित काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा छुट पाउने भएका छन्। बैंकका ग्राकहले सो डेन्टल कलेजमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ। सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख बिमल लम्साल र हस्पिटलको तर्फबाट अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरे। उक्त समझदारी अनुसार यस बैंकमा …

पुरा पढ्नुहॊस »

‘कभेन्ट्री युनिभर्सिटी इमरसन २०२३’ मा सहभागी हुन १० नेपाली विद्यार्थी बेलायत जाने

काठमाडौं । सफ्टवेरिका कलेजले दश उत्कृष्ट विद्यार्थीलाई बेलायत लैजाने भएको छ। कलेजले कभेन्ट्री युनिभर्सिटी इमरसन २०२३ मा सहभागी हुन विद्यार्थीलाई विदेश पठाउन लागेको हो। कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूलाई यस कार्यक्रममा भाग लिन पठाउने गरेको बताएको छ। यस कायक्रमको उद्देश्य विद्यार्थीहरूलाई व्याख्यान कक्षा, कार्यशाला, अनुभव साझेदारी सत्र र समूह छलफलहरू जस्ता विभिन्न गतिविधिहरूमार्फत् युके शिक्षा विधिहरूमा व्यावहारिक, हातेमालो अनुभव प्राप्त गर्ने अवसर प्रदान गर्ने रहेको कलेजको भनाइ छ। क्याम्पस प्रमुख प्रमोद …

पुरा पढ्नुहॊस »

रियलमीद्वारा नार्जो एन५३ र एन५५ मोडल सार्वजनिक

काठमाडौं । रियलमीले मोबाइल फोन ब्रान्डले नार्जोका २ मोडल सार्वजनिक गरेको छ। रियलमीको आधिकारिक बिक्रेता पशुपति ट्रेड लिंकले नार्जो एन५३ र एन५५ मोडल सार्वजनिक गरेको हो। रियलमी नेपालका काउन्ट्री हेड मुनिस गिरीले २ वर्षअघि पुनः लञ्च गरेकोमा बजार हिस्सा तेस्रो स्थानमा रहेको बताए। रियलमी नार्जो सिरिज नयाँ प्रविधीमा चासो राख्ने सबैलाई उपयुक्त हुने बताए। ३३ वाटको चार्जरले १ घण्टामा फुल चार्ज हुने उनले जानकारी दिए। मोबाइलमा ५ हजार एमएएच रहेको …

पुरा पढ्नुहॊस »