बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ । तोलामा आज सुन एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ थियो । चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री