Tag Archives: featured

प्रभु लाइफ इन्स्योरेन्सकाे साधारणसभा जेठ २६ गते बस्ने

काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही जेठ २६ गते गर्ने भएको छ । कम्पनीले केहि दिन अघि निकालेको सुचना संशोधन गर्दै आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गरेको छ । कम्पनीले यसअघि विशेष साधारणसभा डाकेकोमा सूचना प्रकाशित गर्दै सच्चाएर पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा काठमाडौँको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु गर्ने …

पुरा पढ्नुहॊस »

सस्तियो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा बुधबारदेखि घट्दै आएको सुनको भाउमा आजपनि गिरावट आएको छ । बिहिबार तोलाको १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको भाउ पनि आज तोलामा ५ रुपैयाँले नै घटेर तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको भाउ …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकलाई आइएफसीले ५ करोड ५० लाख अमेरिकी डलर ऋण दिने

काठमाडौं । सिद्धार्थ बैंकलाई इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) ले ५ करोड ५० लाख अमेरिकी डलर ऋण दिने भएको छ। सिद्धार्थ बैंक र विश्व बैंक समूह अन्तर्गतको आइएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरूको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको हो। बैंकलाई प्रदान गरिने सो ऋण रकम आइएफसीले नेपाली बैंकलाई हालसम्म प्रदान गरेको सबैभन्दा बढी ऋण रकम भएको बैंकले बताएको छ। यस सहकार्यबाट प्राप्त रकम बैंकले स्वच्छ ऊर्जा परियोजना, …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकले दृश्य लाउन्जमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल र दृश्य लाउन्जबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षरपछि बैंकका कार्डबाहकहरूले दृश्य लाउन्जमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालन गर्दै आएको बताएको …

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्वारा चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण

काठमाडाैँ । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा सुदूूरपश्चिमको भिमदत्त पन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा प्रहरी बिट निर्माण गरेको छ । सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसँग समन्वय गरी १–१ थान प्रहरी बिट निर्माण गरेको बैंकले जनाएको छ । जेठ ३ र ४ गते आयोजित छुट्टाछट्टै कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरे …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई कास्की मोडेल हस्पिटलमा १० प्रतिशतसम्म छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहकले कास्की मोडेल हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकले आफ्ना भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन पोखराको न्यू रोडमा रहेको कास्की मोडेल हस्पिटलसँग छुट सम्झौता गरेको छ। यस सम्झौता पछि बैंकका भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले उक्त हस्पिटलमा विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन्। साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग …

पुरा पढ्नुहॊस »

क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । आइएमई डिजिटल सोलुसनको आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ। सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ। सो सम्झौता अन्तर्गत ग्राहकले स्वास्थ्य सम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने बताइएको छ। पहिलो चरणमा छ महिनाको लागि गरिएको यस सम्झौतामार्फत ग्राहकहरूले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा …

पुरा पढ्नुहॊस »

नेप्से ३२ अंकले बढ्याे, १ अर्ब ४७ करोड कारोबार

काठमाडौं । नेप्से सूचक बढेर १८ सय ७७ अंकको विन्दुमा उक्लिएको छ । आज नेप्से सूचक ३२.३० अंकले बढेर १८ सय ७७.३२ अंकको विन्दुमा उक्लिएको हो । आज कारोबार रकम समेत बढेर १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक हुँदै गर्दा दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज हिमालय …

पुरा पढ्नुहॊस »

यस्तो छ विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबरका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ५२ पैसा र बिक्री दर १३२ रूपैयाँ १२ पैसा …

पुरा पढ्नुहॊस »

घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार तोलाको एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा …

पुरा पढ्नुहॊस »