बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत NEPALPAY QR मा ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

काठमाडाैँ । बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत NEPALPAY QR मा ३ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । छोटो अन्तरालमा ३ लाख भन्दा बढी मर्चेन्टहरु QR मा आबद्ध गरिनुले नेपालमा QR सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी NEPALPAY QR सञ्चालनमा ल्याइएको हो । QR स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त NEPALPAY QR मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । हाल २३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले NEPALPAY QR मा आबद्ध हुन सक्दछन् भने २१ बैंक वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत Scan & Pay को सुविधा उपलब्ध रहेको छ ।

विभिन्न व्यावसायिक ग्राहकले NEPALPAY QR मा आबद्ध भई QR बाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा QR स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक QRइन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा QR गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ ।

धेरै जसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । NEPALPAY QR बाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले QR scan गर्ने option मा गई NEPALPAY logo लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस