काठमाडाैँ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम स्वीकृति पाएका छन्। नेपाल बिमा प्राधिकरणले सोमबार प्रभु लाइफ र महालक्ष्मी लाइफलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो। यही जेठ २६ गते सम्पन्न प्रभु र महालक्ष्मीको वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको थियो। यी दुवै कम्पनीले कम्पनीले असार मसान्तभित्र एकीकृत कारोबार सुरु गर्ने योजना रहेको जनाएका छन्। यी दुई कम्पनीले गत असार ३० गते एक बराबर एकको स्वाप रेसियोमा मर्जरका …
पुरा पढ्नुहॊस »प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन
काठमाडाैँ । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष शिक्षा भट्टचन चयन भएकी छिन्। गत जेठ २६ गते भएको साधारणसभाले कम्पनीको अध्यक्षमा उनलाई निर्वाचित गरेको हो। संस्थापक शेयरधनीहरुको तर्फबाट अध्यक्ष भट्टचनसहित चार जना सञ्चालक निर्वाचित गरिएको हो। अध्यक्ष भट्टचनका साथै सदस्यहरू सुशान शेचरन, मिजास भट्टचन र श्याम कृष्ण श्रेष्ठ निर्वाचित भएका हुन्। शिक्षा देवीप्रकाश भट्टचनको छोरी हुन्। उनी यसअघि प्रभु इन्स्योरेन्सको सञ्चालक समितिको सदस्य थिइन्।
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई सेफ्स बर्गरमा विशेष छुट
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन नेपालका विभिन्न स्थानहरूमा शाखाहरू रहेको सेफ्स बर्गर प्रा.लिसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले सेफ्स बर्गर प्रा.लिका विभिन्न शाखाहरूमा फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस …
पुरा पढ्नुहॊस »फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार प्रति तोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रति तोला १ लह १२ हजार ७ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख १२ हजार १ …
पुरा पढ्नुहॊस »यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ६० पैसा र बिक्री दर १३२ रूपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ७७ पैसा र बिक्री दर १४२ रूपैयाँ ४१ पैसा रहेको छ …
पुरा पढ्नुहॊस »२३ औं वर्षमा प्रवेश गर्यो आइएमई
काठमाडाैं । आइएमईले आफ्नो सेवा सुरू गरेको २२ वर्ष पुरा गरेको छ। यससँगै कम्पनीले २३ औं वर्षको सुरुआत गरेको हाे। संसारभरका विभिन्न देशमा रहेका नेपालीहरूका लागि रेमिटेन्स प्रक्रिया सरल र द्रुत बनाउने उद्देश्यका साथ आइएमई स्थापना भएको हो। २३ औं वर्ष प्रवेश गर्दा आइएमई लिमिटेड थप विश्वसनीय र बलियो कम्पनीका रूपमा स्थापित गर्ने कम्पनीका प्रबन्धक निर्देशक हेमराज ढकाल बताउँछन्। वैधानिक माध्यमबाट रेमिटेन्स भित्र्याइ देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई …
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंकद्वारा ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक
काठमाडाैं । डिजिटल बैंकिङ्गमा देशको अग्रणी बैंकको रुपमा स्थापित एन आई सी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक गरेको छ। डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पुर्याउने हेतुले बैंकले ल्याएको यो योजना २०८० आषाढ मसान्तसम्म सञ्चालन हुनेछ भने उक्त समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू मात्र यस योजनामा समावेश हुनेछन्। …
पुरा पढ्नुहॊस »नबिल र एसियन पेन्टस् बीच च्यानल फाइनान्सिङको सम्झौता
काठमाडाैं । नबिल बैंक लिमिटेड र एसियन पेन्टस् नेपाल प्रा. लि बीच च्यानल फाइनान्सिङ सुविधाको लागि सहकार्य गरिएको छ। च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी गरिएको हो। नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्टसका तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णन जीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यस सम्झौता अन्तर्गत एसियन पेन्टस् नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल फाइनान्सिङको रूपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका …
पुरा पढ्नुहॊस »इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ : पूर्णबहादुर श्रेष्ठले जिते काठमाडौंमा घर
काठमाडाैँ । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्णबहादुर श्रेष्ठले काठमाडौंमा घर जित्न सफल भएका छन् । जेठ २८ गते लुलु एक्स्चेन्ज र इसेवा मनि ट्रान्सफरको समन्वयमा लुलु शाखा, सारजाहमा विशेष कार्यक्रम गरी विजेता श्रेष्ठलाई बधाई ज्ञापन गरिएको थियो। उनलाई इसेवा मनि ट्रान्सफरका सम्बन्ध प्रबन्धक, ईश्वर अधिकारीले उक्त कार्यक्रममा पूर्णबहादुर श्रेष्ठलाई नेपालमा हुने विशेष हस्तान्तरण समारोहमा निमन्त्रणा पनि दिएका छन् । कार्यक्रममा लुलुका उपमहाप्रबन्धक …
पुरा पढ्नुहॊस »नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले बढ्यो
काठमाडौँ । तीव्र उतारचढावबीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सात दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेर एक हजार नौ सय ८७ दशमलव ८७ अङ्क पुगेको छ । आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर रु दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार चार सय १५ मा को कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ, होटल …
पुरा पढ्नुहॊस »