सनराइज बैंकले गर्‍यो विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकको योग कुटी शाखाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।

निःशुल्क आँखा शिविर कार्यक्रम जनता मा.वि शुद्धोधन गाउँपालिका ०७ रुपन्देहीमा सञ्चालन गरिएको थियो । संचालन भएको सो शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवाहरु लिएका थिए ।

त्यस्तै, सनराइज बैंकको दुहबी शाखाद्वारा विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरसँगको सहकार्यमा छिटा हा मावि छिटा हा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो  । उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदान जस्ता स्वास्थ्य सुविधाहरु प्रदान गरिएको थियो । कार्यक्रममा १ सय ५१ सहभागीहरू थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री