नबिल बैंक र ईसेवा मनी ट्रान्सफरबीच भुक्तानी सम्झौता

काठमाडौं । रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच भुक्तानी सम्झौता भएको छ।

सम्झौतापछि अब विदेशबाट ईसेवा मनी ट्रान्सफरमार्फत् पठाएको रेमिट्यान्स नबिल बैंकका देशभर रहेका २५५ वटै शाखामध्ये जुनसुकैबाट भुक्तानी गर्न सकिनेछ। सम्झौताबमोजिम विदेशमा रहेका नेपालीले सिधै नबिल बैंकको खातामा पैसा पठाइ नगद भुक्तानी गर्न सक्नेछन्।

सम्झौता पत्रमा ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले हस्ताक्षर गरे।

ईसेवा मनी ट्रान्सफरकले डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताका साथै नेपालका प्राय: सबै बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। ईसेवा मनी ट्रान्सफरले सेवाग्राहीलाई आफ्ना १ लाख ७५ हजारभन्दा बढी क्यास-प्वइन्टमार्फत् पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आएको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनी ट्रान्सफर देशभरका एक करोड ६० लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवा प्रदान आएको छ। यो एफवान सफ्ट ग्रुपको सहायक कम्पनी पनि हो ।

नबिल बैंक लिमिटेडले ३८ वर्षदेखि देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री