Tag Archives: featured

इसेवाको लिंक खाताबाट कारोबार गर्दा प्रनिश अधिकारीले जिते एक लाखको सपिङ भौचर

काठमाडौं । इसेवाको मेगा लिंक मेनिया अफर अन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गर्दा प्रनिश अधिकारीले एक लाख रूपैयाँको सपिङ भौचर जित्न सफल भएका छन्। यस अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये प्रनिश अधिकारी इसेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभमार्फत् भाग्यशाली विजेता घोषित भएका हुन्। विजेता अधिकारीलाई मंगलबार नै उक्त सपिङ भौचर हस्तान्तरण गरियो। इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता अधिकारीलाई उक्त सपिङ भौचर हस्तान्तरण गरे। अधिकारीले …

पुरा पढ्नुहॊस »

आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ । काठमाडौँमा आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पे लाई भिजाले ‘एक्सिलेन्स इन फिनटेक पार्टनरसिप’ अवार्डबाट सम्मानित गरेको हो । यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र भिजा बिचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ । आइएमई पे ले हाल …

पुरा पढ्नुहॊस »

ग्रेटवाल मोटर्स (जि.डब्लु.एम) को वीन्टर अफर

काठमाडौँ । नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भी.जी.इम्पेक्स प्रालिले लक्जरी सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ । यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभको आनन्द लिन चाहनेका र उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । दिलक्जरी ड्राइभः ३ लाखसम्मको फाइदा ! लक्जरी ड्राइभ खोज्नेहरूका लागि, जिडब्लुएमले दिलक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफर मार्फत विद्युतीय सवारीसाधन उत्साहीहरूले जि.डब्लु.एमका प्रिमियम र परिष्कारको अनुभव लिन …

पुरा पढ्नुहॊस »

लाभांश नदिने बैंकको सूचीमा थपियो हिमालयन बैंक

काठमाडौँ । हिमालयन बैंक लिमिटेड आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने बैंकहरुको सूचीमा थपिएको छ । कम्पनीको ४४६ औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांस वितरण नगर्ने प्रस्ताव गरेसँगै यो सूचीमा हिमालयन पनि थपिएको हो । आज बसेको बैंकको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको जनाइएको छ । सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष आफ्नो वित्तीय विवरण स्वीकृतिका लागि पठाउने निर्णय समेत बैंकले गरेको छ । …

पुरा पढ्नुहॊस »

नबिल बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मङ्सिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको थियो । पुस ३ गते बैंकिङ समय पश्चात् डिबेन्चर बन्द गरिएको नबिलले जनाएको छ । प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरिएकोमा पहिलो पटक दिएको समयमा नै सबै डिबेन्चर बिक्री भएको नबिल बैंकले जनाएको छ …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले गर्‍यो लाभांश घोषणा

काठमाडाैँ । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  । जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ४ …

पुरा पढ्नुहॊस »

बुधबार एक हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । हिजो मंगलबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी …

पुरा पढ्नुहॊस »

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले तिर्‍यो प्रिमियम सेयरबापतको कर

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले प्रिमियममा जारी गरेको सेयर बापतको कर बुझाएको छ । कम्पनीले एफपीओमार्फत जारी गरेको सेयरबाट प्राप्त प्रिमियमबापतको रकमको कर नेपाल सरकारलाई बुझाएको जानकारी दिएको हो । यस्तै, हकप्रद लिलामबाट प्राप्त प्रिमियमको रकमको कर समेत बुझाएको कम्पनीले जनाएको छ । कम्पनीले आयकर ऐन २०५८ को दफा ५६ (३) बमोजिम निकायको आयमा समावेश गर्नुपर्ने व्यवस्था बमोजिम कर तिरेको जानकारी दिएको छ । यसबापत सिद्धार्थले राज्य कोषमा १६ करोड …

पुरा पढ्नुहॊस »

इन्भेष्टमेन्ट मेगाले तिर्‍यो मर्जर र एफपीओबापतको कर

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले मर्जर तथा प्राप्ती र एफपीओबापतको कर सरकारलाई तिरेको छ । बैंकले चालू आर्थिक वर्षको बजेटमार्फत गरिएको व्यवस्थाअनुसार मर्जर तथा प्राप्ती र प्रिमियममा जारी गरेको सेयरबापतको कर बुझाएको हो । बैंकले आर्थिक ऐन, २०८० को व्यवस्थाअनुसार ठूला करदाता कार्यालयमा कर तिरेको जानकारी दिएको छ । अर्थ मन्त्रालयले चालू वर्षको बजेटमार्फत मर्जर र प्राप्तिमा तथा एफपीओमा कर लाग्ने व्यवसथा गरेको थियो । यो व्यवस्थाविरुद्ध सर्वोच्च …

पुरा पढ्नुहॊस »

प्राइम कमर्सियल बैंकले लाभांश वितरण नगर्ने

काठमाडाैं । प्राइम कमर्सियल बैंकले सेयरधनीको हात खाली बनाएको छ । यो पटक बैंकले सेयरधनीलाई लाभांश नदिने जनाएको छ । आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण अनुसार सेयरधनीलाई कुनै लाभांश नदिने बैंकले जनाएको छ । अघिल्लो वर्षको नाफाबापत गत वर्ष बैंकले सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

पुरा पढ्नुहॊस »