Tag Archives: featured

राजमहलबाट चलचित्रमा ‘डेब्यु’ गर्दै मिस पवि

काठमाडौँ । चर्चित टिकटकर मिस पवि (पवित्रा शाँकी) ले ‘राजमहल’ बाट चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन् । सविनकुमार तोलाङ्गीको आगामी चलचित्र ‘राजमहल’ बाट मिस पविले डेब्यु गर्ने भएकी हुन् । टिकटकबाट मिस पविको नामले चर्चामा आएकी उनले यसअघि म्युजिक भिडियोहरुमा काम गरेकी छिन् । डडेलधुरा घर भएकी उनले डोटेली भाषा बोलेर टिकटकमार्फत चिनिएकी थिइन् । नौलो भाषा र आकर्षक लवजका कारण टिकटकमा उनलाई लाखौँले मन पराएका थिए । फिल्म …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको सीइओमा तिलकराज पाण्डेय नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबारको निर्णयले पाण्डेय चार वर्षका लागि नियुक्त भएका हुन् । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत ( सीइओ)का लागि आवेदन दिएका १९ जनामध्ये संक्षिप्त सूचीमा ५ जना छनोट भएका थिए । संक्षिप्त सूचीमा परेका ५ जनाको अन्तर्वार्ता गत बुधबार भएको थियो । ५ जनाको सूचीमा अशोककुमार पौडेल, तिलकराज पाण्डेय, धुवचन्द्र गौतम, लक्ष्मण पौडेल …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवनस्थित श्री झुवानी माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ । विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपालसंगको सहकार्यमा सहयोग प्रदान गरिएको हो । विद्यालयमा आज आयोजित एक समारोहका बीच बैंकको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप रू एक लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »

क्रेस्ट माइक्रो लाइफद्वारा सि.एम.एल. लघु सावधिक जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सि.एम.एल. लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै कम्पनीले सि.एम.एल. लघु सावधिक जीवनबीमा (रेगुलर र सिंगल) नामक नयाँ सावधिक बीमा योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्‍तिमा उल्लेख छ । यो योजनाले न्यून बीमा शूल्कमा बचत तथा सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमा …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमले घोषणा गर्‍यो नगद लाभांश

काठमाडाैँ । नेपाल टेलिकमले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ । टेलिकमको बिहिबार बसेको बैठकले लाभांश घोषणा गरेको हो। जस अनुसार टेलिकमले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् आ.व. २०७९/८० को कम्पनीको मुनाफा रकम मध्येबाट शेयरधनीहरूलाई प्रति शेयर रु. ४०/- (अक्षरेपी चालिस रुपियाँ मात्र) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् साधारणसभा आह्वान गरिने कम्पनीले उल्लेख गरेको छ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको ९.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत नगद लाभांश गरि कुल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले …

पुरा पढ्नुहॊस »

दुई दिन स्थिर रहेको सुनको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । बुधबार र बिहीबार स्थिर रहेको सुनको भाउ आज बढेको हो । बिहिबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सयले बढेको छ । छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको हो । चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ७९ पैसा र बिक्री दर १४६ रुपैयाँ ४४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १६९ रुपैयाँ०७ पैसा रहेको छ । कतारी …

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर (सूचनासहित)

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो । तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्वारा मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले भक्तपुरको दिब्येश्वरी मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थलीमार्फत सो सामग्री हस्तान्तरण गरिएको हो । बैंकका शाखा कार्यलय लोकन्थलीका शाखा प्रमुख गोबिन्द शिवाकोटिले दिब्येश्वरी मन्दिरलाई उक्त खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेका थिए ।

पुरा पढ्नुहॊस »