लाभांश नदिने बैंकको सूचीमा थपियो हिमालयन बैंक

काठमाडौँ । हिमालयन बैंक लिमिटेड आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने बैंकहरुको सूचीमा थपिएको छ । कम्पनीको ४४६ औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांस वितरण नगर्ने प्रस्ताव गरेसँगै यो सूचीमा हिमालयन पनि थपिएको हो ।

आज बसेको बैंकको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको जनाइएको छ । सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष आफ्नो वित्तीय विवरण स्वीकृतिका लागि पठाउने निर्णय समेत बैंकले गरेको छ ।

हिमालयन बैंकले चालू आर्थिक वर्षको बजेटले गरेको व्यवस्था बमोजिम ठूला करदाताको कार्यालयमा दाखिला गरेको थियो । बैंकले कार्यालयमा ३० करोड ८९ लाखभन्दा धेरै कर बुझाएको थियो । यस्तै, साबिकको सिभिल बैंककातर्फबाट समेत १ करोड ९१ लाख रुपैयाँ बुझाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस