आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ । काठमाडौँमा आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पे लाई भिजाले ‘एक्सिलेन्स इन फिनटेक पार्टनरसिप’ अवार्डबाट सम्मानित गरेको हो ।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र भिजा बिचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।

आइएमई पे ले हाल भिजासंगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ । आगामी दिनमा पनि भिजासंगको सहकार्यमा विभिन्न नवप्रवर्तनात्मक सेवाहरू लिएर आउने आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इसेवाको ब्रान्ड दूत नियुक्त भए कलाकार सुमन कार्की

काठमाडाैं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लि.ले कलाकार सुमन कार्कीलाई ब्रान्ड दूत बनाएको छ …

प्रतिकृया दिनुहॊस