इसेवाको लिंक खाताबाट कारोबार गर्दा प्रनिश अधिकारीले जिते एक लाखको सपिङ भौचर

काठमाडौं । इसेवाको मेगा लिंक मेनिया अफर अन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गर्दा प्रनिश अधिकारीले एक लाख रूपैयाँको सपिङ भौचर जित्न सफल भएका छन्।

यस अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये प्रनिश अधिकारी इसेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभमार्फत् भाग्यशाली विजेता घोषित भएका हुन्। विजेता अधिकारीलाई मंगलबार नै उक्त सपिङ भौचर हस्तान्तरण गरियो।

इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता अधिकारीलाई उक्त सपिङ भौचर हस्तान्तरण गरे। अधिकारीले इसेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जित्न सफल भएको कम्पनीको भनाइ छ।

सपिङ भौचर हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए।

गौतमले अफर अवधि सकिए पनि सबै इसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि इसेवा वालेटमा आफ्नो बैंक तथा सहकारीको खाता लिंक गरी कारोबार गर्नका लागि सुझाए।

इसेवाले भदौ २० गतेदेखि कात्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो।

यस अफरमा इसेवा एकाउन्टमा लिंक गरिएको बैंक वा सहकारी खातामार्फत् भुक्तानी गर्दा बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत् करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस