Tag Archives: featured

नविल बैंक लिमिटेड र उपाय बिजनेश सोलुशन्सबिच व्यवसायिक सम्झौता

काठमाडाैँ । नविल बैंक र उपाय बिजनेश सोलुशन्स बिच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकको ग्राहकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ। यस साझेदारी अन्तर्गत, बैंकका ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागी वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागी उपाय विजनेश सोलुशन्सको सेवा लिने छन्। उपायले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोष र कुमारी बैंक बीच बैंकले साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक “केबिएल स्मार्ट विजनेस लोन फर आईटी कम्पनी” मा प्रदान गरेको कर्जाको कोषले सुरक्षण गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र कुमारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो । साढे २ दशक भन्दा लामो अनुभव संगालेका कोइरालाले आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रूपमा चिनिन्छन् । उनको पहिलो कार्यकालमा माछापुच्छ्रे बैंकले वित्तीय सूचकांकमा उल्लेख्य सुधार …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिसा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्द्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले हालैमात्र भिसासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो रहेको छ । ग्लोबल …

पुरा पढ्नुहॊस »

काठमाडौँ टेक्निकल स्कुलका सीईओ घिमिरे महासंघको रोजगार समितिको उपसभापतिमा मनोनीत

काठमाडौँ । काठमाडौँ टेक्निकल स्कुलका सीईओ उपेन्द्र शर्मा घिमिरे नेपाल उद्योग वाणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको उपसभापतिमा मनोनीत भएका छन् । घिमिरेसँगै समितिको उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, मेगा कलेजका सहायक क्याम्पस प्रमुख मधुकर पाण्डे पनि उक्त समितिमा मनोनीत भएका छन् । समितिको सदस्यहरुमा नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) का महासचिव तथा सञ्चार उद्यमी नारायण प्रसाद …

पुरा पढ्नुहॊस »

कुमारी बैंकलाई ‘एक्सिलेन्स इन कन्जुमर कार्ड-क्रेडिट’ अवार्ड

काठमाडौं । कुमारी बैंक ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्डबाट सम्मानित भएको छ । पुस ३ गते भिसा इन्टरनेसनलद्वारा आयोजित लिडर्स कन्क्लेभ सम्मेलनमा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो । स्थापनाकाल देखिनै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा लागेको बैंकको भनाइ छ । आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको लाभांश घोषणा

काठमाडाैँ । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले  हालको चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत  नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी …

पुरा पढ्नुहॊस »

नेपाल बैंकले लाभांश नदिने

काठमाडाैँ । नेपाल बैंकले आ.व. २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस ४ गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

‘धरहरामा बस्यो माया जाल’ मा राज र सोफी (भिडिओसहित)

काठमाडौं । शान्तिश्री परियार र कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक भएको छ । सपना बानियाँको शब्द, सुन्दर लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आदित्य बुढाथोकीको निर्देशन र केशवराज भट्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा राज टाइगर र सोफी धरेललाई फिचरिङ गरिएको छ । राज र सोफीको जोडी भिडियोमा आकर्षक देखिएको छ । मानकृष्ण महर्जनको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन र मिलन …

पुरा पढ्नुहॊस »

बिहीबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो । तेजाबी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको हो ।

पुरा पढ्नुहॊस »