काठमाडौँ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको जनाएको छ। विगत केही समयदेखि हिरोको आधिकारिक बिक्रेताको बोरमा अन्योल कायम रहँदा हिरोका उपभोक्ताहरूले आफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो। अब सीजी मोटर्स हिरोको आधिकारिक बिक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने अवस्था बनेको छ। सिजी मोटर्सले आफ्ना उपभोक्तालाई विश्वस्तरीय सेवा दिने प्रण गरेको छ। ‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र …
पुरा पढ्नुहॊस »ललितपुरमा पारसले गरे ‘एक्सपर्ट एजुकेशन’को २१ औँ शाखा उद्घाटन
काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले एक्सपर्ट एजुकेशन भिसा सर्भिसको २१ औं शाखाको उद्घाटन गरेका छन्। ललितपुरको कुमारीपाटीमा संचालनमा आएको २१ औं शाखाको उद्घाटन गर्दै खड्काले एक्सपर्टको काम नाम जस्तै रहेको बताए। विदेश जान चाहनेहरूलाई यो सर्भिसले राम्रो सल्लाहा दिँदै आएको उनले बताए। खड्का एक्सपर्ट एजुकेशनको ब्रान्ड एम्ब्यासडर समेत हुन्। यो शाखाको पूर्व क्रिकेटर एवम् क्यान सचिव खड्काको साथमा ई-क्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, आइरिनका अध्यक्ष हेमन्त …
पुरा पढ्नुहॊस »स्पोर्ट्स एचडीले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौँ । डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्सन स्पोर्ट्स एचडी च्यानलमा गर्ने भएको छ । फेब्रुअरी, २०२४ देखि मार्च १८, २०२४ सम्म, नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ–एक्सनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन् । ‘नेपालीहरूको क्रिकेट प्रतिको माया र साथ देखेर हामीले आज १७ फेब्रुअरी बाट प्रत्यक्ष प्रसारण गर्ने भएका छौ।’ डिशहोमका प्रतिनिधिले भने । रोमाञ्चक क्याचदेखि सनसनीपूर्ण रन चेजसम्म, पीएसएलले उत्कृष्ट रूपमा क्रिकेटको उत्साह प्रदान गर्ने डिशहोमले …
पुरा पढ्नुहॊस »नबिल बैंकका ग्राहकले ‘हेयर एण्ड शान्ति’ बाट सेवा लिँदा छुट पाउने
काठमाडौँ । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । यस्तो छुट उपलब्ध गराउने सवालमा बैंक र हेयर एण्ड शान्ति बिच समझदारी गरिएको हो । समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी संचालक बिनीता बुढाथोकीले हस्ताक्षर गरेका हुन् । नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने हेयर …
पुरा पढ्नुहॊस »नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गीकरणमा महालक्ष्मी विकास बैंक
काठमाडौँ । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्वारा जारी गरिएको सुचना बमोजिम संगठित संस्थाको वर्गिकरणमा “ए” वर्गमा परेको छ । धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पुरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभाशं वितरण गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय …
पुरा पढ्नुहॊस »एनआईसी एशियाले भन्यो- ‘सबै वित्तीय सूचकहरूमा हामी अब्बल छौँ’
काठमाडाैं । निजी क्षेत्रको अग्रणी एनआईसी एशिया बैंकले सबै वित्तीय सूचकहरूमा आफू अब्बल रहेको जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै बैंकले पछिल्लो समयमा सामाजिक सञ्जालमा आएका कुरालाई अफवाह भएको बताउँदै सबै सूचकहरूमा कुनै समस्या नरहेको जनाएको हो। चालु आर्थिक दोस्रो त्रैमास (पुस मसान्तसम्म) आइपुग्दा एनआईसी एशिया बैंकका कुनै पनि सूचकमा समस्या नदेखिएको जनाइएको छ। पछिल्लो विवरण अनुसार बैंकको खराब कर्जा १.१९ प्रतिशत छ। यस अवधिमा वाणिज्य बैंकहरूको औषत खराब …
पुरा पढ्नुहॊस »महिला जागृति वृद्धाश्रमलाई सिटिजन्स बैंकको सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोरङको बुढीगंगा गाउँपालिकामा रहेको महिला जागृति तथा वृद्धाश्रमलार्ई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकलाई आश्रय दिइरहेको सो संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ६ महिनालाई पुग्ने दैनिक उपभोग्य खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराएको हो । दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको उक्त वृद्धाश्रममा पुगी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ । सहयोग हस्तान्तरणपछि प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धाले सञ्चालन …
पुरा पढ्नुहॊस »क्लोजअप नेपालद्वारा ‘नजिक आउ’ सिरिजको अन्तिम भाग सार्वजनिक
काठमाडौं । क्लोजअप नेपालले ‘भ्यालेन्टाइन्स डे’ को दिनमा नजिक आउ वेब सिरिजको अन्तिम भाग सार्वजनिक गरेको छ। क्लोजअप नेपालले भ्यालेन्टाइन्स डे को अवसरलाई लक्षित गरी निरन्तरता दिएको नजिक आउ अभियान अन्तर्गत नजिक आउ वेब सिरिज सुरुवात गरेको हो। यस अभियानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यतामा मिल्न प्रोत्साहन गर्नु रहेको बताइएको छ। एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोजअपले हरेक व्यक्तिलाई आत्मविश्वासका साथ आफ्ना प्रियजनसँग नजिक हुन प्रेरित गरेको कम्पनीको दावी छ। …
पुरा पढ्नुहॊस »शिवम् सिमेन्टमा अनुबन्धीत धावक आयुषले तोडे २३ वर्ष पुरानो रेकर्ड !
काठमाडौँ । शिवम् सिमेन्टमा अनुबन्धीत नेपाली एथलेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेण्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन् । आयुष कुँवरलाई शिवम् सिमेन्टले गत असारमा १ वर्षका लागि अनुबन्धित गरेको थियो । नेपालका स्प्रिन्टर आयुषले एथलेटिक्सको इन्डोरमा ६० मिटर र २०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । आयुषले वासिङ्गटनको स्पोकानमा भएको …
पुरा पढ्नुहॊस »गरिमा क्यापिटलले एक अर्ब रुपियाँको ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने
काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तरगत ‘गरिमा समृद्धि योजना’ निष्काशन गरिने भएको छ । गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गत रु १ अर्ब बराबरको पहिलो बन्दमुखी योजनाको रुपमा ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने प्रयोजनार्थ गत माघ महिना २८ गते नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गरिएको हो । प्रस्तावित योजना अन्तर्गत १० रुपियाँ अंकित १० करोड इकाई जारी गर्न लागिएको हो । उक्त …
पुरा पढ्नुहॊस »