Tag Archives: featured

भृकुटीमण्डपमा माघ २५ देखि ‘क्यान इन्फोटेक २०२४’ हुँदै

काठमाडौँ । आउँदो माघ २३ गतेदेखि काठमाडौंमा क्यान इन्फोटेक २०२४ सञ्चालन हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो । मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा मेला गर्न लागिएको बताइएको छ …

पुरा पढ्नुहॊस »

हुन्डाई एक्सटरको बुकिङ खुल्ला, चाँडै डेलिभरी सुरु हुने

काठमाडौँ । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले SUV Exter को बुकिङ खुल्ला गरेको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो | Hyundai Exter ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो SUV हो जुन Hyundai Venue भन्दा अघि रहने छ । आकर्षक बनोट र विभिन्न फिचरले Exter लाई एक विशेष SUV बनाएको छ । कम्पनीका अनुसार गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको …

पुरा पढ्नुहॊस »

आहा रारा गोल्डकपको सेमिफाइनल र फाइनल डिशहोम गो’मा हेर्न पाइने

काठमाडौं । कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएकोमा अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ । सुरुदेखि एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुँदै आएकोमा अब टेलिभिजन र एपमा पनि हेर्न पाइने भएको हो । त्यसका लागि डिशहोमकै एप ‘डिशहोम गो’ मा बिहीबारको सेमिफाइनल र शनिबारको फाइनल खेल प्रत्यक्ष प्रशारण हुने छ । सेमिफाइनलमा आज ए डिभिजन लिग …

पुरा पढ्नुहॊस »

एनआईसीसीआईद्वारा निवर्तमान अध्यक्ष नवराज ढकालको सम्मानमा बिदाइ दिवाभोज

काठमाडौँ । नेपाल इटालियन चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री (एनआईसीसीआई) ले हालै तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकालको सम्मानमा हार्दिक विदाई कार्यक्रम आयोजना गरेको छ । ढकालको समर्पित सेवालाई स्मरण गर्दै कार्यक्रममा अध्यक्ष सञ्जय अग्रवाल, सचिव रोमनाथ घिमिरे, उपाध्यक्ष रुपक राजवंशी, बोर्ड सदस्यहरू, विशिष्ट अतिथिहरू लगायतका सम्मानित सदस्यहरूको उपस्थिति थियो । सचिव रोमनाथ घिमिरेले ढकालको उत्कृष्ट एवं उदाहरणीय नेतृत्व र प्रतिबद्धताका लागि एनआईसीसीआइको विकास तथा नेपाल र इटालीबीचको सम्बन्धलाई प्रगाढ बनाउन …

पुरा पढ्नुहॊस »

डिएभी कलेजद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न, बिजेताले पायो ३ लाख नगद पुरस्कार

काठमाडौँ । डिएभी कलेजले आयोजना गरेको पाँचौँ डि.ए.भी. कलेज (+2) अन्तर कलेज 6 A side फुटसल प्रतियोगिता सम्पन्न भएको छ । गत शनिवार संस्थाका अध्यक्ष अनिल केडियाको उपस्थितिमा फुटसल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको हो । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ । कलेजकै फुटसल मैदानमा उक्त प्रतियोगिता भएको हो । जसमा ४२ जना खेलाडीहरू सहभागी थिए …

पुरा पढ्नुहॊस »

आरबिबी मर्चेन्ट बैंकिङ नवौँ वर्षमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकअन्तर्गतको आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड नवौँ वर्षमा प्रवेश गरेको छ । सोमबार सम्पन्न वार्षिकोत्सव कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले कम्पनीका हालसम्मको कार्य प्रगति दिनुभएको थियो । कम्पनी पुँजी बजारमा एक प्रतिस्पर्धी मर्चेन्ट बैंकरका रूपमा प्रस्तुत भएको, हालसम्म एक लाख ८० हजार हितग्राही खाता खोली हितग्राहीलाई सेवा प्रदान गरिरहेको, दूरदराजमा रहेका लगानीकर्तालाई राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयबाट सेवा दिने प्रबन्ध मिलाइएको, १५ कम्पनीको सेयर/ऋणपत्र रजिष्ट्रारको …

पुरा पढ्नुहॊस »

चौथो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढेको छ भने चाँदीको स्थिर रहेको छ । सोमबारदेखि बढ्न सुरु भएको सुनको मूल्य आज पनि बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो । तेजाबी सुनको मूल्य पनि आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख …

पुरा पढ्नुहॊस »

नेपाल बैंकमा कर्मचारी सञ्चय कोष र प्रभु लाइफको लगानी, कसको कति सेयर स्वामित्व

काठमाडौं । नेपाल बैंकमा कर्मचारी सञ्चय कोष र प्रभु लाइफको पनि सेयर स्वामित्व रहेको छ । सरकारसहित २ कम्पनी (सञ्चय कोष र प्रभु लाइफ)को सबैभन्दा धेरै सेयर स्वामित्व रहेको हो । बैंकको वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारको ५१ प्रतिशत अर्थात् ७ अर्ब ४९ करोड ३९ लाख ५१ हजार ७ सय रुपैयाँ सेयर स्वामित्व छ । बैंकमा कर्मचारी सञ्चय कोषको ३.६४ प्रतिशत अर्थात् ५३ करोड ४८ लाख २३ हजार ७ सय …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १४ पैसा र बिक्री दर १६८ रुपैयाँ ९१ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

पुनर्बिमा कम्पनीको चुक्तापुँजी २० अर्ब पुर्‍याउने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल बिमा प्राधिकरणले दुई पुनर्बिमा कम्पनीको चुक्तापुँजी २० अर्ब पुर्‍याउने निर्णय गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीमा पुँजी वृद्धि गर्ने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्तापुँजी वृद्धि गरेर २० अर्ब पुर्‍याउने निर्णय भएको हो । “बिहान बोर्डको बैठकले पुनर्बिमा कम्पनीहरूको चुक्तापुँजी २० अर्ब पुर्‍याउने निर्णय गरेको छ । …

पुरा पढ्नुहॊस »