आहा रारा गोल्डकपको सेमिफाइनल र फाइनल डिशहोम गो’मा हेर्न पाइने

काठमाडौं । कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएकोमा अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ ।

सुरुदेखि एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुँदै आएकोमा अब टेलिभिजन र एपमा पनि हेर्न पाइने भएको हो । त्यसका लागि डिशहोमकै एप ‘डिशहोम गो’ मा बिहीबारको सेमिफाइनल र शनिबारको फाइनल खेल प्रत्यक्ष प्रशारण हुने छ ।

सेमिफाइनलमा आज ए डिभिजन लिग विजेता चर्च ब्वाइज र विभागीय क्लब त्रिभुवन आर्मी भिड्दै छन् । आजको विजेताले शनिबार थ्रीस्टारसँग उपाधि भिडन्त गर्ने छ । थ्री स्टारले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस