चौथो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढेको छ भने चाँदीको स्थिर रहेको छ । सोमबारदेखि बढ्न सुरु भएको सुनको मूल्य आज पनि बढेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो । तेजाबी सुनको मूल्य पनि आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री