पुनर्बिमा कम्पनीको चुक्तापुँजी २० अर्ब पुर्‍याउने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल बिमा प्राधिकरणले दुई पुनर्बिमा कम्पनीको चुक्तापुँजी २० अर्ब पुर्‍याउने निर्णय गरेको छ ।

आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीमा पुँजी वृद्धि गर्ने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्तापुँजी वृद्धि गरेर २० अर्ब पुर्‍याउने निर्णय भएको हो ।

“बिहान बोर्डको बैठकले पुनर्बिमा कम्पनीहरूको चुक्तापुँजी २० अर्ब पुर्‍याउने निर्णय गरेको छ । १५ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न पनि कम्पनीलाई पत्राचार गर्ने निर्णय भएको छ,” उनले भने, “एक वर्षभित्र पुँजी वृद्धि गर्नुपर्नेछ ।”

हाल हिमालयन रि–इन्स्योरेन्सको चुक्तापुँजी १० अर्ब रुपैयाँ छ । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको चुक्तापुँजी १२ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ छ । चुक्तापुँजी २० अर्ब पुर्‍याउन हिमालयन रि–इन्स्योरेन्सले १० अर्ब रुपैयाँ थप गर्नुपर्छ भने नेपाल पुनर्बिमा कम्पनीले आठ अर्ब १९ करोड रुपैयाँ थप गर्नुपर्छ ।

यसअघि पनि प्राधिकरणले जीवन बिमाको पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको साढे दुई अर्ब रुपैयाँ चुक्तापुँजी वृद्धि गर्ने निर्णय गरेको थियो । यही निर्णयअनुसार पुँजी वृद्धि गर्न बिमा कम्पनीहरू मर्जरमा गएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस