एनआईसीसीआईद्वारा निवर्तमान अध्यक्ष नवराज ढकालको सम्मानमा बिदाइ दिवाभोज

काठमाडौँ । नेपाल इटालियन चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री (एनआईसीसीआई) ले हालै तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकालको सम्मानमा हार्दिक विदाई कार्यक्रम आयोजना गरेको छ ।

ढकालको समर्पित सेवालाई स्मरण गर्दै कार्यक्रममा अध्यक्ष सञ्जय अग्रवाल, सचिव रोमनाथ घिमिरे, उपाध्यक्ष रुपक राजवंशी, बोर्ड सदस्यहरू, विशिष्ट अतिथिहरू लगायतका सम्मानित सदस्यहरूको उपस्थिति थियो ।

सचिव रोमनाथ घिमिरेले ढकालको उत्कृष्ट एवं उदाहरणीय नेतृत्व र प्रतिबद्धताका लागि एनआईसीसीआइको विकास तथा नेपाल र इटालीबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पु-याएकोमा कृतज्ञता व्यक्त गरे ।

अध्यक्ष सञ्जय अग्रवालले चेम्बरकोे मूल्यमान्यतालाई सुदृढ बनाउन ढकालको निर्णायक भुमिका र उत्कृष्ट नेतृत्वको प्रशंसा गर्दै निरन्तर मार्गदर्शन र सहयोगको अपेक्षा गरे ।

प्रत्युत्तर मन्तव्यमा तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकालले एनआईसीसीआईको सफलता र आवश्यकता अनुसार निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सचिव मनोज श्रेष्ठ बडद्वारा नयाँ सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्दै एक जीवन्त व्यवसायी समुदायप्रति एनआईसीसीआईको प्रतिबद्धतालाई जोड दिए ।

एनआईसीसीआईले तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकाललाई बिदाइ गरेपछि चेम्बरले उनको मूल सिद्धान्तलाई अघि बढाउन, नयाँ अवसरहरूलाई अँगाल्ने र नेपाल र इटालीबीचको आर्थिक सम्बन्धलाई अभिवृद्धि गर्ने आफ्नो मिशनलाई निरन्तरता दिने अपेक्षा गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस