काठमाडाैं । एन आई सी एशिया बैंकले २०८० चैत मसान्त सम्मका भाखा नाघेका ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट दिने योजना ल्याएको छ। साथै, साधारण बक्यौता ब्याज रकममा समेत विशेष छुट प्रदान गर्ने बैंकले जनाएको छ। मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक …
पुरा पढ्नुहॊस »एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा
काठमाडौँ । वैशाख २३ गते आयोजित विशेष कार्यक्रमका बिच वीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरू सुचारु गरेको छ । उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो …
पुरा पढ्नुहॊस »ग्लोबल बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवर्द्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरूलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले पालिका भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने …
पुरा पढ्नुहॊस »नेपाल लाइफद्वारा २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक उत्सवको सुखद अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यही मिति २०८१ साल वैशाख २१ र २२ गते कम्पनीको केन्द्रीय कार्यालय क्लासिक कम्प्लेक्समा उक्त निःशुल्क शिविर सञ्चालन गरिएको हो । उक्त शिविरबाट करिब ५०० जना भन्दा बढी लाभान्वित भएका छन् । शिविरमा इसीजी, ईको, लिपिड प्रोफाइल लगायतका विशिष्टीकृत जाँचहरू गरिएको थियो गर्नुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको …
पुरा पढ्नुहॊस »‘मोरु डिजिटल वालेट’ फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश
ललितपुर । भुक्तानी सञ्चालक फोनपेले पेनेप प्रालि (मोरु डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ । मोरु डिजिटल वालेट फोनपे नेटवर्कमा अन्तरआबद्धले मोरु डिजिटल वालेटबाट सजिलै क्युआर भुक्तानी कारोबार गर्न सकिने भएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटलका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले फोनपे र मोरु डिजिटल वालेटका प्रतिनिधिको उपस्थितिमा सोमबार उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । अन्तरआबद्धता साथमा सम्पूर्ण मोरु डिजिटल वालेट प्रयोगकर्ताले फोनपे …
पुरा पढ्नुहॊस »नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान, अन्जना ब्रान्ड प्रमोटर
काठमाडौँ । एनआईसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ। वाफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई बैंकले सम्मान गरेको हो। बैंकले फुटबल टोलीका ३१ खेलाडीलाई कदर स्वरूप प्रति व्यक्ति २५ हजार रुपैयाँ नगद प्रदान गरेको छ । बैंक र अखिल नेपाल फुटबल संघ (एन्फा)बिच आगामी खेलहरूमा पनि सहयोग गर्ने सम्झौता भएको छ । बैंकले कार्यक्रमकै दौरान अन्जना रानालाई ब्रान्ड प्रमोटरको रूपमा घोषणा पनि गरेको छ …
पुरा पढ्नुहॊस »आज यी प्रदेशमा छ वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसमविदले जनाएका छन् । हाल मौसम देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशका केही साथै बागमती र कोशी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको छ । दिउँसो देशभर …
पुरा पढ्नुहॊस »नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु, चालक र यात्रुको बीमा गरिने
काठमाडौँ । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिइन् । उनले भनिन् ‘हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानुनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ’ उनले भनिन् । उनले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताइन् । उनले राइडरहरुले सेवा उपयोग …
पुरा पढ्नुहॊस »सिटिजन लाइफ इन्स्योरेन्सले २६.९८ प्रतिशत लाभांश दिने
काठमाडौँ । सिटिजन् लाइफ इन्स्यारेन्सले आफ्ना सेयरधनीहरुलाई २६.९८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई २५.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश दिने भएको हो । हाल कम्पनीको कूल चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ । सो बराबर कम्पनीले १ अर्ब ६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने ५ करोड …
पुरा पढ्नुहॊस »गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबिच छुटबारे सम्झौता
काठमाडौं । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहबिच सेन्टरका अध्यक्ष दीपक प्रकाश बास्कोटा र बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले सेन्टरमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, …
पुरा पढ्नुहॊस »