काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकअन्तर्गतको आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड नवौँ वर्षमा प्रवेश गरेको छ । सोमबार सम्पन्न वार्षिकोत्सव कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले कम्पनीका हालसम्मको कार्य प्रगति दिनुभएको थियो ।
कम्पनी पुँजी बजारमा एक प्रतिस्पर्धी मर्चेन्ट बैंकरका रूपमा प्रस्तुत भएको, हालसम्म एक लाख ८० हजार हितग्राही खाता खोली हितग्राहीलाई सेवा प्रदान गरिरहेको, दूरदराजमा रहेका लगानीकर्तालाई राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयबाट सेवा दिने प्रबन्ध मिलाइएको, १५ कम्पनीको सेयर/ऋणपत्र रजिष्ट्रारको कार्य गरिरहेको उहाँले जानकारी गराउनुभएको थियो ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कम्पनीलाई शुभकामना दिँदै सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्न सुझाव दिनुभएको थियो । कार्यक्रममा सञ्चालक समिति अध्यक्ष देवेन्द्ररमण खनाल, सञ्चालक पवन रेग्मी, रामकुमार थापा, कृष्ण श्रेष्ठ, राजेन्द्र प्रसाद दाहाललगायतको उपस्थिति थियो ।




