Tag Archives: featured

कञ्चनपुरका १२ सय बढी बालबालिकालाई सीएफआरडीले बाँड्यो न्यानो कपडा

काठमाडौं । ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसन (सीएफआरडी)ले कञ्चनपुर जिल्लामा न्यानो कपडा वितरण गरेको छ। जिल्लाका १ हजार २ सय ४९ बालबालिकालाई चिनियाँ नयाँ वर्षको अवसरमा उक्त कपडा वितरण गरिएको हो। जिल्लास्थित वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका ११ सामुदायिक विद्यालयमा उक्त न्यानो वितरण गरिएको सीएफआरडीले जनाएको छ। सन् २०१९ यता फाउन्डेसनले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

पुरा पढ्नुहॊस »

पर्यटन बोर्डको सदस्य सचिवमा मिलन देवकोटा

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्य सचिवको जिम्मेवारी मिलन देवकोटालाई दिइएको छ । हाल बोर्डकी सदस्य रहेकी उनलाई यही बिहीबार बसेको बोर्डको ३६२ औँ बैठकले बढीमा तीन महिनाका लागि सदस्य सचिवको जिम्मेवारी तोकेको हो । पर्यटन बोर्डमा कार्यकारी प्रमुख पद रिक्त रहेको छ । यस्तोमा नेपाल नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (४) अनुसार कार्यकारी प्रमुखको नियुक्ति नभएसम्म (बढीमा तीन महिना) का देवकोटालाई कार्यकारी …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकले लाभांश वितरण नगर्ने

काठमाडाैं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ । बैंकको १०७८औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव नगरेको हो । अघिल्ला वर्षहरुमा बैंकले सेयरधनीलाई उच्च लाभांश दिने गरेको थियो । गत वर्ष बैंकले १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

पुरा पढ्नुहॊस »

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

काठमाडाैं । हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रूपैयाँ रहेको छ । सोही पुँजीको आधारमा …

पुरा पढ्नुहॊस »

शुक्रबार कतिमा किनबेच हुँदैछ सुन ?

काठमाडौं । नेपाली बबजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार …

पुरा पढ्नुहॊस »

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुधबार काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले अभिकर्ता बिच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले यस अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले यस किसिमका अन्तरक्रिया कार्यक्रमले अभिकर्ताहरुमा …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा रानीबारीचोकमा जुत्ता बनाउनेका लागि एक सर्भिस बुथ निर्माण गरी हस्तान्तरण गरेको छ । उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता बनाउनेको लागि आफ्नो पेसालाई सहज र व्यवस्थित बनाउनको लागि महानगरपालिका अन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त सर्भिस बुथ निर्माण गरिएको हो । उक्त बुथको समुद्घाटन काठमाडौँ महानगरपालिका वडा नं ३ का वडा सदस्य सिता …

पुरा पढ्नुहॊस »

चन्द्रागिरि हिल्सको सीईओमा अरुण प्रधान नियुक्त

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा महाप्रबन्धकमा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । माघ २५ गतेदेखि लागू हुने गरी उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

पुरा पढ्नुहॊस »

नेपाल बैंकले ९.९५% ब्याजमै घर कर्जा दिने, ५ वर्षसम्म ब्याज परिवर्तन नहुने

काठमाडौं । नेपाल बैंक लिमिटेडले सुलभ आवास कर्जा योजना सार्वजनिक गरेको छ । ‘अब बन्छ मेरो सपनाको घर…’ भन्ने नाराका साथ बैंकले यो सुलभ आवाज कर्जा योजना सार्वजनिक गरेको हो । यो कर्जा योजनामा ग्राहकले मात्र ९.९५ ब्याजदरमा घर कर्जा पाउनेछन्। यो ब्याजदर ५ वर्षसम्म परिवर्तन नहुने बैंकले जनाएको छ । बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकले घर निर्माण तथा खरिद गर्न कर्जा पाउनेछन् । घर निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा …

पुरा पढ्नुहॊस »

एनआइबिएल स्टेबल फण्डको इकाइ बाँडफाँट

काठमाडाैं । एनआइबिएल स्टेबल फण्डको इकाइ बाँडफाँट सम्पन्न भएको छ। एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कोष प्रवर्द्धनमा रहेको एनआइबिएल म्युचुअल फण्डअन्तर्गत एनआइबिएल स्टेबल फण्डको इकाइ बाँडफाँट सम्पन्न भएको हो। बन्दमुखी यस योजनाको बीज पुँजी सहित अंकित मूल्य १० रूपैयाँ दरका दश करोड इकाइहरू माघ २ गतेदेखि १६ गतेसम्म सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिएको थियो। उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ३९ हजार २७१ जना आवेदकहरू …

पुरा पढ्नुहॊस »