नेपाल बैंकले ९.९५% ब्याजमै घर कर्जा दिने, ५ वर्षसम्म ब्याज परिवर्तन नहुने

काठमाडौं । नेपाल बैंक लिमिटेडले सुलभ आवास कर्जा योजना सार्वजनिक गरेको छ । ‘अब बन्छ मेरो सपनाको घर…’ भन्ने नाराका साथ बैंकले यो सुलभ आवाज कर्जा योजना सार्वजनिक गरेको हो ।

यो कर्जा योजनामा ग्राहकले मात्र ९.९५ ब्याजदरमा घर कर्जा पाउनेछन्। यो ब्याजदर ५ वर्षसम्म परिवर्तन नहुने बैंकले जनाएको छ । बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकले घर निर्माण तथा खरिद गर्न कर्जा पाउनेछन् । घर निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा उपलब्ध हुने यो योजनाको विशेषता हो ।

बैंकका अनुसार आवश्यक कागजपत्र पूरा गरी पेस गरेको ५ कार्यदिनभित्र ग्राहकले कर्जा पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री