Tag Archives: featured

पारिवारिक मनोरञ्जन पार्क खुल्यो

काठमाडौँ । काठमाडौँको धुम्बाराहीमा पारिवारिक मनोरञ्जन पार्कको सुरुवात भएको छ। करिब १ महिना अगाडिदेखि सञ्चालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन सोमबार अभिनेत्री प्रियंका कार्कीले गरेकी छन्। ‘उप्स’ नामक उक्त पार्कमा बच्चादेखि सिनियरसम्मले खेलको मनोरञ्जन लिन सक्नेछन्। जहाँ आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाइन, क्लाइम्बिङ लगायत इण्डूअर र आउटडूअर खेलहरूको मनोरञ्जन पार्कमा लिन सकिनेछ। सस्तो मूल्यमा धेरै खेलहरू एकैठाउँमा खेलेर मनोरञ्जन लिनु यो पार्कको मुख्य विशेषता भएको जनाइएको छ । …

पुरा पढ्नुहॊस »

रेड्मी नोट १३ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । शाओमीले  नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ ।  सोमबार  होटल अलफ्टमा आयोजित एक शानदार लन्च कार्यक्रममा टेक ब्लगर्स तथा पत्रकारहरुको उपस्थितिमा शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत  रेड्मी नोट १३ प्रो + फाइभ जि, रेड्मी नोट १३ प्रो,  रेड्मी नोट १३ सार्वजनिक गरेको  हो । कम्पनीका अनुसार यी तीनै मोडेलहरुमा ग्राहकहरुले शक्तिशाली प्रोसेसर र उच्च –स्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्नेछन् । रेडमी …

पुरा पढ्नुहॊस »

टाटा मोटर्सले ल्यायो ‘भ्यालेन्टाइन एक्सचेञ्ज’

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम ‘एक्सचेञ्ज विद लव’ को आयोजना गर्न लागेको छ। माघ २७ गते शुक्रबारदेखि ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहङसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरू साट्न सकिने कम्पनीले जनाएको छ। ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरूप्रतिको रुची तथा चाहनालाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको कम्पनीको भनाई …

पुरा पढ्नुहॊस »

राइड सेयरिङ एपले पायो उद्योगको मान्यता

काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राइड सेयरिङ एपलाई उद्योगको मान्यता दिएको छ। राजपत्रमा सूचना प्रकाशित गर्दै औद्योगिक व्यवसाय ऐन २०२६ अनुसार राइड सेयरिङ सेवालाई उद्योगको रुपमा दर्ता गर्ने भएको हो। नेपालमा टुटल, पठायो, इनड्राइभ, बोल्ट लगायतका राइड सेयरिङ एप सञ्चालनमा रहेका छन्। तर सरकारले कानुनी मान्यता नदिँदा व्यवसायको रुपमा दर्ता हुन पाएका थिएनन्।

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ गन्तव्यमा उडान गर्नको लागि न्यारोडबी भाडामा लिन लागेको बताएको छ। निगमसँग भएका २ वटा जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग हुँदा अन्य सेक्टरमा उडान समस्या भएकाले थप २ जहाज भाडामा लिन लागेको जनाएको हो। निगमका अनुसार भाडामा ल्याउने जहाजले सो चापलाई व्यवस्थापन गरी दिल्ली, दुबई, दोहा, मलेसियालगायतका सेक्टरमा उडान थप गरी आय बढाउने तथा भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान भर्ने योजना रहेको प्रवक्ता …

पुरा पढ्नुहॊस »

माइपे मनि ट्रान्सफरले पायो रेमिट्यान्स भित्राउने लाइसेन्स

काठमाडाैं । माइपे मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिट्यान्स) भित्राउने लाइसेन्स प्राप्त गरेको छ। लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरुबाट नेपालमा रेमिट्यान्स भित्राउने योजना बनाएको छ। यससँगै केही दिनभित्र नै व्यावसायिक कारोबार सञ्चालन गर्ने कम्पनीले जनाएको छ। ‘हामीले विदेशबाट डिजिटल माध्यमबाट नै नेपालको कुनैपनि बैंक खातामा रकम पठाउन मिल्ने सिस्टम बनाएका छौं,’ माइ्पे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण भट्टराईले भने, ‘युवाहरुलाई लक्षित …

पुरा पढ्नुहॊस »

नेशनल लघुवित्तले घोषणा गर्‍यो लाभांश

काठमाडाैं । नेशनल लघुवित्तले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड ४२ लाख रूपैयाँ छ । …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ कृषिको सञ्चालकमा सुगारिका पनि

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पूर्वमिस नेपाल सुगारिका केसी नियुक्त हुनुभएको छ । आइतबार सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले केसीलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । रिक्त सञ्चालक पदमा कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलीको नियम २७ को उपनियम ४ बमोजिम केसीलाई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने गरी नियुक्त गरिएको कम्पनीले जनाएकोे छ । कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा केसीको …

पुरा पढ्नुहॊस »

नेपाल बैङ्कको एक्सटेन्सन काउन्टर स्थापना

काठमाडाैं । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना भएको छ । फुङ्लिङ नगरपालिका कार्यालयसँगै रहनेगरी नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर ताप्लेजुङ शाखा स्थापना गरिएको हो । फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले एक्सटेन्सन काउन्टरको सोमबार बिहान उद्घाटन गरिन् । नगरपालिका कार्यालयमा एक्सटेन्सन काउन्टर शाखा स्थापनासँगै सोमबारदेखि सेवा सुरु गरिएको छ । नेपाल बैङ्क लिमिटेड ताप्लेजुङ शाखाकी प्रमुख वसुन्धरा आचार्यका अनुसार एक्सटेन्सन काउन्टर शाखामार्फत कर्जा बाहेकका सबै सेवाहरू प्रवाह …

पुरा पढ्नुहॊस »

नेसनल लाइफ इन्स्योरेन्सले कमायो २५ करोड ५१ लाख नाफा

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । कम्पनीले उक्त छ महिनामा २५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १६.९१ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले अघिल्लो वर्ष २१ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । कम्पनीले लगानी तथा कर्जाबाट …

पुरा पढ्नुहॊस »