Tag Archives: featured

‘कर्जा जोखिम भारको दरलाई तोडमोड’ शीर्षकको समाचार भ्रामक : एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले कर्जाको जोखिम भारको दरलाई तोडमोड गरिएको भन्ने समाचार भ्रामक रहेको जनाएको छ । बैंकले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै हाल केही सञ्चार माध्यममा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको लगायतका समाचार आइरहेको भन्दै ती समाचार झुटो र तथ्यहीन रहेको बताएको छ । बैंकको प्रेस विज्ञप्तिमा भनिएको छ, …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको ‘कुमारी गज्जब बचत’ योजनाः उच्च ब्याजसहित बीमा सेवा

काठमाडौँ । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्यूनतम मौज्दात रु। १,००० रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६।०१५ प्रदान गर्नुका साथै रु। २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराउने छ । बैंकका अनुसार बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालले रु। २०,००० सम्मको स्वास्थ्य …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ। यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १५ गतेसम्म खुला रहनेछ। यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गरेको हो। सोमध्ये बैंकले आफ्नै …

पुरा पढ्नुहॊस »

क्यान इन्फोटेक सकियो, अब प्रदेशस्तरीय प्रदर्शनी हुने

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २५ देखि २९ गतेसम्म भएको यो प्रदर्शनी क्यान इन्फोटेकको २९औं संस्करण हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत बिहिबार एक विशेष समारोहमाझ २९औं संस्करणको क्यान इन्फोटेक २०२४ समुद्घाटन गरेकी थिइन् । सो अवसरमा …

पुरा पढ्नुहॊस »

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ । सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन ३ सय रुपैयाँले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर …

पुरा पढ्नुहॊस »

शाखा कार्यालय बन्द गर्न लागेको समाचारप्रति​ एनआईसी एशिया बैंकको ध्यानाकर्षण

काठमाडौं । ‘शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने समाचारप्रति एनआईसी एशिया बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नारालाई आत्म साथ गर्दै उत्तरदायी बैंकिङको अभ्यास गरिरहेको बैंकले सोमवार विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।​​ बैंकले विगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका निमित्त आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको छ । वाणिज्य बैंकहरूमध्ये …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको अफरः १० वर्षसम्म ९.९९% स्थिर ब्याज दरमा घर कर्जा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरुले सहज रुपमा कर्जा सार्नसमेत सक्नेछन् । यस …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा १५.३३ अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अङ्कले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा उकालो लागेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अङ्कले उकालो लागेर तीन सय ७५ दशमलव ९९ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर …

पुरा पढ्नुहॊस »

डिजिटल कर्णाली कन्क्लेभ फागुनमा

सुर्खेत । फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुई दिने कन्क्लेभमा ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता हुनेछ । कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने कार्यक्रममा ५० बढी विज्ञ र सरोकारवालाहरू वक्ताको रूपमा रहनेछन् । सुर्खेत, वीरेन्द्रनगरस्थित सिद्धार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा संघीय सरकार, …

पुरा पढ्नुहॊस »

कुमारी बैंकमा नयाँ सञ्चालक, साधारण सभाले पास गर्यो वार्षिक प्रतिवेदन

काठमाडौं । कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समितिको चयन गरेको छ । उक्त सम्पन्न साधारणसभामा भएको सञ्चालकहरूको प्रतिस्पर्धात्मक चुनावमा संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, उद्योगी पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् । यही माघ महिना २८ गते आइतबारका दिन काठमाडौंको टुँडिखेलस्थित …

पुरा पढ्नुहॊस »