हुलास फिनसर्भले २० लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि २० लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्काशन गर्ने भएको छ।

उक्त साधारण सेयर निष्काशन गर्नेसम्बन्धी कार्यको लागि कम्पनीले एनएमबी क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो।

यही असोज ६ गते हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाइने हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष शेखर गोल्छाले जानकारी गराएका छन्।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड, नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो। यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेले भन्यो- सामाजिक सञ्जालमा भेटिने सेयरबजार विश्लेषकको विश्वास नगर्नू

काठमाडौं । नेपाल स्टक एक्स्चेनज (नेप्से)ले सेयरबजार विश्लेषकको विश्वास नगर्न लगानीकर्तालाई आग्रह गरेको छ । …

प्रतिकृया दिनुहॊस