अमेरिकी सहयोगमा २१ मिलियन डलरको खाद्य सुरक्षा परियोजना

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि दुई अर्ब १० करोड (२१ मिलियन अमेरिकी डलर) बराबरको युएसएआइडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजना, गभरमेन्ट टु गभरमेन्टको घोषणा गरेको छ।

कार्यक्रममा अमेरिकी सरकारको नयाँ पाँच वर्षिय ‘ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी नेपाल कन्ट्री प्लान २०२४–२०२८’ को पनि उद्घाटन गरिएको थियो जसमा नेपालमा खाद्य र पोषण सुरक्षा सुधार गर्ने अमेरिकी सरकारको दृष्टिकोण प्रस्तुत गरिएको थियो।

युएसएआइडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाले संघीय, प्रदेश र स्थानीय सरकारहरू मार्फत लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूमा कृषि विकास कार्यक्रमहरूको योजना बनाउन र कार्यान्वयन गर्न नेपाल सरकारको क्षमता अभिवृद्धि गर्नेछ।

परियोजनाले ६९ हजार घरधुरीलाई ५३ हजार हेक्टर क्षेत्रफलमा उत्पादन वृद्धि गर्न नयाँ प्रविधि र कृषि अभ्यासहरू अपनाउन सहयोग गर्नेछ।

नयाँ ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी नेपाल कन्ट्री प्लान २०२४–२०२८ ले गरिबी, भोकमरी, र कुपोषणलाई दिगो रूपमा घटाउनका लागि कृषि र खाद्य प्रणालीको रुपान्तरण गर्न लक्षित छ।

यस कन्ट्री प्लान अन्तर्गत तराई र पहाडका २६ जिल्लाहरू समावेश हुनेछन्। जस अन्तर्गत अमेरीकी सरकारको कृषि विकास कार्यक्रमलाई मधेश प्रदेशसम्म विस्तार गरी नेपालको सबैभन्दा जोखिममा रहेका जनसंख्यामा अझ बढी पहुँच बढाउनेछ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदूत डीन चम्पसनले भने, ‘नयाँ ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी नेपाल कन्ट्री प्लानले संयुक्त राज्य अमेरिकाको नेपाल सरकार, यहाँका निजी क्षेत्र र समुदायहरूसँगको विद्यमान साझेदारीलाई सुदृढ गरी समावेशी, उत्थानशील र दिगो विकास हासिल गर्नेछ र हामी नयाँ गभरमेन्ट टु गभरमेन्ट सम्झौता नेपालमा खाद्य सुरक्षालाई सुनिश्चित गर्ने हाम्रो सामूहिक प्रतिबद्धताको एक उदाहरण हो।’

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको दीर्घकालीन साझेदारीका लागि कार्यक्रम महत्त्वपूर्ण रहेको बताए। मन्त्री अधिकारीले खाद्य सुरक्षालाई अगाडि बढाउन र दिगो विकास प्रवर्द्धन गर्न दुबै सरकारको संयुक्त प्रयासलाई जोड दिँदै यस सहकार्य प्रति नेपाल प्रतिबद्ध रहेको जानकारी दिए।

सन् २०११ देखि अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले ८ लाखभन्दा बढी नेपालीहरूलाई कृषि उत्पादकत्वमा वृद्धि, व्यवसाय प्रवर्द्धन र पोषणमा सुधारका लागि १८१ मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग गरिसकेको छ।

यी पहलहरूले गर्दा फिड द फ्युचर कार्यक्रम सञ्चालन भएको जिल्लाहरूमा गरिबीमा ७१ प्रतिशत र बालबालिकामा हुने कुपोषणमा ३९ प्रतिशतले कमी आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न आह्वान काठमाडौं । नेपाल …

प्रतिकृया दिनुहॊस